आलमको मृत्युप्रति जातीय विद्यार्थी संगठनको दुःख व्यक्त


हमार पहुरा डट कम
काठमाडौं, भदौ १३ गते । गोरु काटेको बहानामा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको झापाको रफिक आलम (३८) को घटनाप्रति विभिन्न जातीय विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । गत बुधबार आलमको मृत्यु भएको थियो ।

झापा गाउँपालिका ३, कामाटोलीमा केही युवाहरुले गोरु काटेपछि स्थानीय प्रहरी त्यहाँ पुग्दा दुई पक्षबीच झडप हुँदा आलम घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो । धर्म निरपेक्ष मुलुकमा गोरु काटेकै निहुँमा प्रहरीले गोली चलाउनु दुखद भएको विद्यार्थी नेताहरुले भनेका छन् ।

घटनाको निश्पक्ष छानविन गरी दोसीलाई कारवाही गर्न विद्यार्थी संगठनले माग गरेका छन् । नेपाल बहुभाषिक र बहुजाति मुलुक भएकाले कसैले गोरु काटेर खाने संस्कृति भएमा त्यसमाथि दमन गर्न नहुने बुझाई विद्यार्थी नेताहरुको छ ।

शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै विद्यार्थी संगठनहरुले मृतक आलमप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । संयुक्त विज्ञप्तीमा थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी, किरात राई विद्यार्थी संघका अध्यक्ष जितेन राई, नेपाल तामाङ विद्यार्थी घेदुङका अध्यक्ष दिनेश तामाङ, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष विष्णु थापामगर, कुमाल विद्यार्थी समाजका अध्यक्ष नविन कुमाल, सुनुवार विद्यार्थी समाजका अध्यक्ष सागर सुनुवार लगायत १३ विद्यार्थी संगठन रहेका छन् ।

हेर्नुहोस् विज्ञप्ती

तपाईको प्रतिक्रिया