
हमार पहुरा डट कम
धनगढी, असोज १ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीले धनगढीस्थित दिनेश एफएममा आक्रमण गर्ने दोसीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न माग गरेको छ । मोर्चाका कैलाली संयोजक माधव थारु चौधरीले विहिबार विज्ञप्ती जारी गर्दै सो माग गर्नुभयो ।
समाचारको विषयलाई लिएर मिडिया गृहमा गएर पत्रकारमाथि हमला गर्नु गलत भएको भन्दै मोर्चाले किटानी जाहेरी पर्दासमेत दोसीलाई समातेर कारवाही नगर्दा प्रहरी प्रशासनमाथि नै प्रश्न चिन्ह खडा भएको विज्ञप्तीमा भनिएको छ ।
कैलालीका पत्रकारहरु दोसीको पक्राउकालागि आन्दोलन गरिरहेका छन् । सो आन्दोलनमा मोर्चाको ऐक्यवद्धता रहेको मोर्चाका संयोजक चौधरीले बताउनुभएको छ ।
हेर्नुहोस् विज्ञप्ती





