श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न


हमार पहुरा डट कम
कपिलबस्तु, असोज ११ गते । थारु पत्रकार संघ नेपाल कपिलबस्तु जिल्ला शाखाका संस्थापक अध्यक्ष सिताराम चौधरीको आमा स्व. राम जानकी चौधरीको ६ औं दिनको पुन्यतिथीको अवसरमा शनिबार श्रद्धान्जलि सभा कार्यक्रम सम्पन्न गरिएको छ ।

शिवराज न.पा १ उमरी निवासी पत्रकार चौधरीको आमा चौधरीको असोज ५ गते ७१ बर्षको उमेरमा निधन भएको थियो । दुःखद् घडिमा थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति कपिलबस्तु, जिल्ला कार्यसमिति रुपन्देही, थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्यसमिति र थारु कल्यणकारिणी जिल्ला कार्यसमिति कपिलबस्तुको संयुक्त आयोजनमा श्रद्धान्जलि सभा कार्यक्रम सम्पन्न गरिएको हो ।

श्रद्धान्जलि कार्यक्रममा वक्ताहरुले स्वर्गीय रामजानकी चौधरीप्रति दुःख प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । त्यस्तै, परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया