एघार जना थारु एमाले केन्द्रीय सदस्यमा निर्वाचित, जयप्रकाश चौधरी पराजित


हमार पहुरा डट कम
काठमाडौं, मंसिर १४ गते । नेकपा (एमाले) को चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट ११ जना थारु केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ । महाधिवेशनबाट ६ जना सर्वसम्मत र ५ जना मतदानबाट निर्वाचित हुनुभयो ।

त्यस्तै, थारु कोटाबाट उम्मेदवार रहनुभएका जयप्रकाश चौधरी (पर्सा) पराजित हुनुभएको छ । उहाँको ठाउँमा दाङका मेयर समेत रहनुभएका नरुलाल चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले १७५३ मत ल्याएर विजयी हुनुभयो । मतदानबाट निर्वाचित बैजनाथ चौधरी (नपलपरासी) ले १७६३ मत प्राप्त गरेर विजयी हुनुभयो । सोहीअनुसार विजयीमा बलवीर चौधरी (बारा) १८२९ मत, गौरीशंकर चौधरी (कैलाली) ले १८६२ मत ल्याएर विजयी हुनुभयो । सोहीअनुसार कृपाराम राना (कञ्चनपुर) १८२८ मत ल्याएर विजयी हुनुभयो ।

निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले घोषणा गर्दा नरुलाल चौधरी पराजित भनेर घोषणा गर्नुभएको थियो । एकछिन पछि पुनः सच्याएर जयप्रकाश चौधरीलाई पराजित घोषणा गर्नुहुँदै करेक्सन गर्नुभएको थियो ।

मतदानबाट पराजित जयप्रकाश चौधरीले ७१९ मत प्राप्त गर्नुभयो । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित सूचीअनुसार ६ जना थारु केन्द्रीय सदस्यमा सोमबार नै निर्विरोध निर्वाचित हुनुभएको थियो । सोमबार निर्विरोध निर्वाचित हुनुहुने केन्द्रीय सदस्यहरुमा भगवती चौधरी र शान्ता चौधरी महिला खुलाबाट निर्वाचित हुनुभयो । त्यस्तै, राजकुमार लेखी प्रदेश २ भुगोलबाट निर्विरोध निर्वाचित हुनुभयो । सोहीअनुसार थारु महिलातर्फ सरस्वती चौधरीले उम्मेदवारी फिर्ता लिनुभएपछि दुईजना थारु महिला गंगा चौधरी सत्गौंवा र मञ्जुकुमारी चौधरी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो ।

त्यस्तै सुदूरपश्चिम प्रदेश खुला कोटाबाट नारदमुनी राना निर्वाचित हुनुएको छ । सोहीअनुसार अनुशासन आयोग सदस्यमा तुलसीप्रसाद चौधरी (रुपन्देही) निर्विरोध निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया