फोनिज बारा शाखाको अध्यक्षमा जियालाल चौधरी सर्वसम्मत निर्वाचित


हमार पहुरा डट कम
कोल्हबी (बारा), मंसिर २५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बारा जिल्ला शाखाको अध्यक्षमा जियालाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । चौधरीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा धिरेन्द्र पनुहर चौधरी, सहसचिवमा पुनम चौधरी र कोषाध्यक्षमा इन्दिरा चौधरी निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्यहरुमा अजय चौधरी, विनिता चौधरी, राज चौधरी, मुकेश चौधरी, राकेश चौधरी, समिक्षा चौधरी, राजकुमार लामा र पूर्णिमा चौधरी सर्वसम्मत निर्वाचित हुनुभयो ।

त्यस्तै, जिल्ला अधिवेशनले सातजना प्रदेश अधिवेशन प्रतिनिधि चयन गरेको छ । जसमा दुष्यन्त चौधरी, नविन चौधरी, अनिलप्रीत चौधरी, बुधन चौधरी, शेखर चौधरी, नागेन्द्र चौधरी, सरिता चौधरी रहनुभएको छ । सोहीअनुसार तीन जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । संघीय महाधिवेशन प्रतिनिधिहरुमा सत्यप्रकाश श्रेष्ठ, नन्देश्वर चौधरी र सत्य श्रेष्ठ रहनुभएको छ ।

बाराको कोल्हीस्थित थारु सेवा सदनको सभाकक्षमा आयोजित अधिवेशनको उदघाटन प्रदेश २ का प्रदेश सभा सदस्य तथा नेकपा (एमाले) का नेता त्रिलोकीप्रसाद चौधरीले गर्नुभएको थियो । कार्यक्रममा फोनिज केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, फोनिज प्रदेश २ का इन्चार्ज निरज पिठाकोटे, प्रदेश अध्यक्ष प्रमेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्व अध्यक्ष कमल उपाध्यायले शुभकामना मन्तव्य राख्नुभयो ।

त्यस्तै, महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, नेपाल परिवार दलका प्रतिनिधि रामचन्द्र चौधरी, पत्रकार गोकुल घोडसैनी, अनुसन्धान प्रहरीका रिवेनकुमार गच्छदार, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरिक्षक सन्तोष दाहाल, उद्योग बाणिज्य संघ बाराका अध्यक्ष महेशकुमार साह, प्रेस चौतारी नेपालका बारा अध्यक्ष दिवाकर भण्डारी, सहकारी पत्रकार समाजका अध्यक्ष पुष्प खतिवडा, बारागढी गाउँपालिकाका प्रशासकीय अधिकृत आमोदप्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया