काँग्रेस थारु कोटातर्फ चार जना थारु उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित


हमार पहुरा डट कम
काठमाडौं, पुस ६ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट थारु कोटामा चार जना थारु उम्मेदवार निर्वाचित हुनुभएको छ । पुरुषतर्फ दुई जनामा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित हुनुभयो भने महिलातर्फ जीवन राना र कल्पना चौधरी निर्वाचित हुनुभयो ।

निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको मत परिणामअनुसार रामजनमले २५०३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । त्यस्तै, योगेन्द्र चौधरीले २१९८ मत प्राप्त गरेर निर्वाचित हुनुभयो । थारु कोटामा पुरुषतर्फ ८ जना थारु प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

जसमध्ये वद्रीनारायण चौधरीले १६०४, साजनकुमार चौधरीले १४१२, पार्वता डिसी चौधरीले ५६३, यज्ञराज चौधरीले १८४, भोटनीदेवी खवासले २९९ र देवराज चौधरीले २१७ मत प्राप्त गरी पराजित हुनुभयो ।

सोहीअनुसार थारु महिला कोटातर्फ कल्पना चौधरीले २५२४ मत ल्याई निर्वाचित हुनुभयो । त्यस्तै, जीवन रानाले २३४९ मत ल्याई निर्वाचित हुनुभयो । २ सिटका लागि महिलातर्फ ५ जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो । अन्य उम्मेदवारमा नवोदिता चौधरीले १५९० मत प्राप्त गर्नुभयो । नमिताकुमारी चौधरीले १६६१ र टीकाकुमारी चौधरीले ८९२ मत प्राप्त गरी पराजित हुनुभयो ।

तपाईको प्रतिक्रिया