हमार पहुरा डट कम
काठमाडौं, माघ १४ गते । हेवेनली कल्चर, वल्डपिस रेष्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले आफ्नो शान्ति दिवसको आठौं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ । अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापनार्थ भूमिका खेल्दैआएको सो संस्थाले जनवरी २४ (माघ १० गते) सोमबार सो वार्षिकोत्सव मनाएको हो ।
भर्चुवलरुपमा मनाइएको सो वार्षिकोत्सव कार्यक्रममा ५१ देशहरूबाट २२ हजार बढी सामाजिक प्रतिनिधिहरूले भाग लिनुभएको सो संस्थाले जनाएको छ । सो कार्यक्रमले ८ वर्ष पहिले मिन्डानाओमा इस्लाम र क्याथोलिक समुदायहरूबीच भएको नागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा कार्यक्रम आयोजना गरेको हो ।
सन् २०१४ मा स्थानीय प्रतिनिधिहरूबीच शान्ति सम्झौताको प्रस्ताव गरेर एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, एचडब्लूपीएलले मिन्डानाओमा द्वन्द्व व्यवस्थापनमा मध्यस्थता गरेको थियो । एचडब्लूपीएलका अध्यक्ष ली म्यान–हीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विश्वभर शान्ति कायम गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
मागुइन्डानाओका तत्कालीन गभर्नर इस्माइल जी, मङ्गुदादातु र स्थानीय नेतृत्वको प्रतिनिधित्व गर्दै डाभाओको आर्कडियोसेसका आर्कबिशप–इमेरिटस फर्नान्डो क्यापालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यसबेलादेखि, मागुइन्डानाओ प्रान्त र मोरो इस्लामिक लिबरेशन फ्रन्ट (एमआइएलएफ) ले जनवरी २४ लाई एचडब्लूपीएल शान्ति दिवसको रूपमा मनाउँदै आएको छ ।
मिन्डानाओमा शान्ति सम्झौताको सम्मान गर्दै शान्ति स्मारकहरू निर्माण गरिएको थियो । पहिलो र दोस्रो शान्ति स्मारक २०१५ र २०१६ मा बनाइएको सो संस्थाले जनाएको छ । सन् २०२१ मा, तेस्रो शान्ति स्मारक कोटाबाटो शहरमा अनावरण गरिएको थियो । लुजोनमा पहिलो भएको, दिन्ग्रसमा शान्ति स्मारक, इलोकोस नोरते एचडब्लूपीएल शान्ति दिवस ८ औं वार्षिकोत्सव कार्यक्रमको रूपमा गत जनवरी २४ मा अनावरण गरिएको थियो ।
कार्यक्रममा सिनेटका अध्यक्ष भिसेन्टे सोट्टो तेस्रो, सिनेटर पानफिलो ल्याक्सन, सिनेटर सिन्थिया भिल्लार, सिनेटर रोनाल्ड ’बाटो’ डेला रोजा, प्रधानन्यायाधीश अलेक्ज्याण्डर गेस्मुन्डो र फिलिपिन्सका टिभी समाचार प्रस्तोता मारिज उमाली लगायतले बधाई सन्देशहरू प्रस्तत गर्नुभयो ।
फिलिपिन्स नेसनल प्रेयर ब्रेकफास्ट (पिएनपिबि) का अध्यक्ष र फिलिपिन्स क्रिस्चियन युनिभर्सिटी (पिसियु) को कानून कलेजका डीन न्यायाधीश राउल भिक्टोरिनो (रिट) ले एचडब्लूपीएलले विश्वव्यापी शान्ति निर्माणको काममा लागेकोमा प्रसंशा व्यक्त गर्नुभयो ।
फिलिपिन्सको शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै, उच्च शिक्षाका कमिश्नर (छेद) रोनाल्ड अदामाटले विश्वभर शान्ति कायम गरी भावी पुस्तालाई शान्तिको विरासत हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वक्ताहरुले विश्वभर शान्ति स्थापनाका लागि भूमिका खेल्न सबैलाई आव्हान गर्नुभयो ।