थारु पत्रकार संघ, नेपाल कैलाली शाखाको अध्यक्षमा दहित निर्वाचित


हमार पहुरा डट कम
धनगढी, चैत २३ गते । थारु पत्रकार संघ, नेपाल कैलालीको अध्यक्षमा दिनेश दहित चयन हुनुभएको छ । संघको आज धनगढीमा भएको साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनबाट दहितको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रतनलाल चौधरी, सचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा विवश चौधरी, सहसचिवमा अनिता चौधरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा प्रेमलाल चौधरी, गीता चौधरी, नरेन्द्र चौधरी, मोतीराम चौधरी, राजु चौधरी, श्रीशा राना चयन भएका छन् । त्यसैगरी, थारु पत्रकार संघ नेपालको चैत २५ र २६ गते नवलपुरको अमलटारीमा हुने पाँचौं राष्ट्रिय महाधिवेशन तथा १० औं साधारणसभाका लागि केन्द्रीय प्रतिनिधि छनौट गरेकोे छ । केन्द्रीय प्रतिनिधिहरूमा प्रेम चौधरी, भीमबहादुर चौधरी, ईन्दु चौधरी, लखन चौधरी, अविनाश चौधरी, राम दहित, सागर कुश्मी, विदेश चौधरी छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया