
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १८ गते । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका तीन नेताले पार्टी त्यागेको घोषणा गरेका छन् । पार्टीभित्र परिवारवाद हाबी भएको र संरक्षक रेशम चौधरीले प्रतिगमनकारी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै पार्टी त्यागको लिखित घोषणा गरेका छन् ।
सो पार्टीका वर्दियाका नेताहरु मोहनलाल चौधरी, धनीराम चौधरी र सीताराम चौधरीले शुक्रबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । संरक्षक चौधरीले आफ्नो श्रीमती रञ्जिता चौधरीलाई कैलाली क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनुभएको छ ।
त्यस्तै, वर्दिया क्षेत्र नं. २ मा रेशम चौधरीको उम्मेदवारी खारेज भए पनि बुवा लालबीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवारी दिन लगाई आफ्नो उम्मेदवारी खारेजी पछि आधिकारिक उम्मेदवारको रुपमा घोषित गरेपछि वर्दियाका नेताहरु चिढिएका छन् । वर्दियामा वर्दियाकै स्थानीय नेतालाई उम्मेदवार बनाइनुपर्ने माग उहाँहरुको थियो । पार्टीको बैठकबाट निर्णय भएको विषय पनि कार्यान्वयन नभएको उहाँहरुको आरोप छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ





