सुनसरी ३ का मतदाताले यसपाली मलाई न्याय गर्नुहुन्छ : नेत्री चौधरी


हमार पहुरा डट कम
इटहरी, कात्तिक २१ गते । नेकपा (एमाले) को तर्फबाट सुनसरी ३ का उम्मेदवार भगवती चौधरीले यस पटक जनताले आफूलाई न्याय गर्ने बताउनुभएको छ । इटहरी ६ अनामनगरमा आयोजित कोणसभालाई सोमबार सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

दुई दुई पटक जनताले जिताए पनि शक्तिको आडमा धाँधली गरेर मलाई पराजित गर्ने काम भयो, यसपाली जनताले भारी मतका साथ आफूलाई न्याय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । न्यायका लागि अदालत गएँ,अदालत बाट पनि न्याय पाइन । यस पटक चुनाव मार्फत जनताले मतदान गरेर न्याय दिनेमा म ढुक्क छु उहाँले भन्नभयो ।

दुई दुई पटक जनताले जिताए पनि शक्तिको आडमा धाँधली गरेर मलाई पराजित गर्ने काम भयो, यसपाली जनताले भारी मतका साथ आफूलाई न्याय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तीस बर्षमा पञ्चायती ब्यवस्था हटयो तर सुनसरी ३ मा एकै ब्यक्तिले ३१ बर्ष देखि शासन गरिरहेको जनाउदै उहाँले जनता परिवर्तनको पक्षमा रहेको बताउनुभयो ।

एकै ब्यक्ति तीसौ बर्ष शासनमा रहँदा त्यस्तो शासन सामन्ती बन्ने उहाँको भनाइ छ । सुनसरी ३ मा तीस बर्ष देखि नभएको बिकासको काम आफूले पाँच बर्षमै गर्ने बताउनुभयो । उहाँले इटहरीको वाढी र डुवानको समस्या समाधान गर्न ब्यवस्थित कार्ययोजनाका साथ अघि वढने पनि प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया