काठमाडौं उपत्यकामा थारु महिला सभाले जितिया कार्यक्रम आयोजना गर्दै


हमार पहुरा डट कम
काठमाडौं, असोज १ गते । थारु महिला सभा उपत्यका कार्य समितिले असोज ९ गते बुधबार थारु महिलाको पर्व जितिया २०८१ कार्यक्रम आयोजना गर्दैछ । पर्यटन बोर्डको सभाकक्षमा हुने कार्यक्रमको उदघाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने सभाका अध्यक्ष ललीताकुमारी चौधरीले बताउनुभयो ।

सन्तानको समृद्धि तथा सुख शान्तिको कामना गरी मनाइने यस पर्व थारु महिलाको ठूलो पर्वको रुपमा परिचित छ । थारु महिलाले ब्रत बसी यो पर्व मनाउने गर्छन् । त्यस दिन सरकारले व्रत बस्ने सम्बन्धित महिलालाई सार्वजनिक विदाको व्यवस्था गरेको छ । जितिया पर्व तराईमा बस्ने अन्य समुदायका महिलाले पनि मनाउने गर्छन् ।

महिला सभाले कार्यक्रमबारे जानकारी दिन ६ गते आइतबार पत्रकार सम्मेलन गर्ने जनाएको छ । यस पर्वमा जीतमहान र सूर्य भगवानको उपासना गर्ने गरिन्छ । थारु महिलाले व्रत बसी सन्तानको दीर्घायू तथा सफलताको शुभकामनाका लागि भगवानसँग प्रार्थना गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया