मन्त्री राजकुमार लेखीलाई मधेश सरकारको प्रबक्ताको जिम्मेवारी


हमार पहुरा डट कम
जनकपुरधाम, पुस १६ गते । मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिइएको छ । आज बसेको मधेस सरकार मन्त्रिपरिषदको वैठकले पुस २३ गतेवाट प्रदेशसभा सञ्चालन गर्न प्रदेश प्रमुखलाई पत्राचार गर्ने पनि निर्णय गरेको बैठकमा सहभागी गृह सञ्चार तथा कानुन्मन्त्री लेखीले जानकारी दिनुभयो ।

मन्त्री लेखीले आजको बैठकमा मधेश प्रदेश सरकारको विभिन्न मन्त्रालयको कामकाजको वारेमा छलफल भएको बताउनुभयो । त्यसैगरी बैठकले विभिन्न सेवा ऐन मस्यौदा गर्न गृह सञ्चार तथा कानुन्मन्त्री लेखीको संयोजकत्वमा चार सदस्यीय मस्यौदा समिति निर्माण गर्ने निर्णय गरेको छ ।

उक्त समितिको सदस्यहरुमा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, उर्जा सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव र वन तथा वातावरणमन्त्री त्रिभुवन साह रहनु भएको छ ।

तपाईको प्रतिक्रिया