
हमार पहुरा डट कम
काठमाडौं, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले बबई सिँचाइ आयोजना सम्पन्न नहुँदा किसान मर्कामा रहेको बताउनुभएको छ । ३४ वर्ष पूरा भइसक्दा समेत सिँचाइ आयोजनाको काम सम्पन्न नभएको उहाँले गुनासो गर्नुभयो ।
प्रतिनिधिसभा बैठकमा बिहीबार धारणा राख्नुहुँदै उहाँले ठुलो लगानीको सिँचाइ आयोजना अघि बढाइएको भए पनि काम सम्पन्न नहुँदा यसले हजारौं हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभावमा आयोजना अवरुद्ध रहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
वर्दियामा मानव र जंगली जनावरबिचको द्वन्द्व बढेको भन्दै उहाँले जनताको सुरक्षाको व्यवस्थाको पहल गर्न आग्रह गर्नुभयो । वर्दियामा भएको डुवानको समस्या समाधानका लागि पनि व्यवस्थापनको काम गर्न उहाँले सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।




