सांसद कठरियाको जिज्ञासा, ‘किसानले मल माग्दा सरकारको मुटु दुख्दैन ?’


हमार पहुरा डट कम
काठमाडौं, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी) ले किसानले मल माग्दा समेत सरकारको मुटु किन दुख्दैन ? भनेर जिज्ञासा गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बिहीबार धारणा राख्नुहुँदै उहाँले सो जिज्ञासा गर्नुभएको हो । खेतीपातीका दिनमा किसानलाई मल उपलब्ध गराउन नसक्दा पीडा र लज्जाबोध भएको उहाँले बताउनुभयो ।

मल उपलब्ध गराउन दैनिक संयौं किसानको फोन आउने गरेको बताउँदै उहाँले किसानले मल माग्दा सांसदको हिसावले लाचार महुशस भएको बताउनुभयो । उहाँले अन्नदाता किसानसँग सरकारले क्षमा याचना माग्दै मल र राहत उपलब्ध गराउनुपर्ने आग्रह गर्नुभयो ।

सरकारले कृषकको आँशुको व्यापार गर्न नहुने भन्दै उहाँले भन्नुभयो, “सरकारले तत्काल किसानलाई मल र राहत प्रदान गरोस् । मूल्य तिरेर किसानले मल किन्न नपाउनु लज्जास्पद छ ।” कृषि प्रधान देशमा किसानले मल नपाउनु दुःखद् भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया