थारु कल्याणकारिणी सभा उपत्यका समिति सभापतिमा शत्रुघनप्रसाद


हमार पहुरा डट कम
काठमाडौं, भदौ २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सभापतिमा शत्रुघनप्रसाद चौधरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न थाकस उपत्यका समितिको नवौं महाधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो ।

त्यसैगरी उपसभापतिमा क्रमशः रामस्वागत चौधरी, किरण चौधरी र तारा चौधरी चयन हुनुभएको छ । समितिको सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन हुनुभयो । समितिको सचिवमा उमेशकुमार चौधरी, कोषाध्यक्षमा नन्दुराज चौधरी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः ललिताकुमारी चौधरी, अनिताकुमारी चौधरी, शुशिला चौधरी, मधुसुद्धन चौधरी, सुरेशकुमार चौधरी, जलेश चौधरी, दिनेशकुमार चौधरी, प्रतिमा गच्छदार, भूमिका चौधरी, विनाकुमारी चौधरी, अञ्जु चौधरी, शुशिला चौधरी चयन हुनुभयो । थाकसका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीले शनिबार उदघाटन गर्नुभएको महाधिवेशनबाट आज नयाँ कार्य समिति चयन भएको हो । यसअघि समितिको सभापति सुमनकुमार चौधरी रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया