
हमार पहुरा डट कम
काठमाडौँ, असोज २३ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगको प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । थारू आयोगको कार्यालयमा आज आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा उहाँले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।
थारू जातिको लोक चित्रकला, थारू समुदायको खाद्य परिकार, थारू लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थपलिया, मुक्तकमैया तथा कमलहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहास लगायत प्रतिवेदन सार्वजनिक गरिएको छ।
कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि थारू अगुवाहरूले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रतिवेदन कार्यान्वयनमार्फत थारू समुदायका समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो ।




