सहमति कार्यान्वयनको मागगर्दै मुक्त कमलरीले सिंहदरवार घेराउ गर्ने

२६ कमलरी सम्पर्कविहिन, तीनसय सातजना अझै कमलरी


2

सन्तोष दहित
दाङ, मंसिर २३ गते । मुक्त कमलरी र सरकारवीच भएको १० वुँदे सहमति कार्यान्वयनमा सरकारले हेलचक्राई गरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै मुक्त कमलरीहरुले शुक्रबारदेखि सिंहदरबार घेराउन गर्ने भएका छन् ।

मुक्त कम्लरी विकास मञ्चको केन्द्रीय कार्यालयमा विहिबार पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी उनीहरुले गराएका हुन् । कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति र सरकारवीच २०७० जेठ २४ गते १० वुँदे सहमति भएको थियो । सहमतिमध्ये मृतक कमलरी सिर्जना चौधरीका परिवारलाई ५ लाख र मेघी चौधरीको परिवारलाई एक लाख ५० हजार रुपियाँ क्षतिपुर्ति र कम्लरी मुक्ति घोषणा बाहेक अरु ७ वुंदेमा भएको सहमति कार्यान्वयनमा नआएको उनीहरुको भनाई छ ।

सरकारले आफैले गरेको सहमति कार्यान्वयन गर्नमा चासो नदेखाएपछि यथाशिघ्र कार्यान्वयममा ल्याउन दबाबका लागि डेलिगेशन जानुपरेको मुक्त कम्लरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले पत्रकार सम्मेलनम जानकरी दिनुभयो ।

उहाँले मुक्त कम्लरीहरुलाई तत्काल नेपाल सरकारकोतर्फबाट आधिकारिक परिचयपत्र वितरण गर्ने, मुक्त कम्लरी शिक्षा निर्देशिका २०६८ लाई अस्विकार गरिसेकोले संशोधन गरी छात्रवृत्ति रकम वृद्धि गर्ने, मुक्त कम्लरीका लागि छोटो र लामो अवधिको व्यवसायीक तालिमको व्यवस्था गरिनुपर्ने र मुक्त कम्लरीहरुसंग भएको १० वुदे तत्काल कार्यान्वय गर्नुपर्ने लगायतका माग राखि डेलिगेशन जान लागिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सरकार र आफुहरुवीचमा भएको सहमतिलाई कार्यान्वयनको लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि खासै चासो नदिएकोले अहिले पुन डेलिगेशन जानुपरेको अध्यक्ष चौधरीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो–‘यो डेलिगेशन सम्भत त निर्णायक हुनेछ । डेलिगेशमा दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरबाट ४० जना मुक्त कम्लरीहरुको टोली सहभागि हुदैंछौ, यसले पनि सरकारले चासो नदिए सरकारको विरुद्धमा कडा आन्दोलन गर्न बाध्य हुनेछौ ।’ चौधरीको अनुसार गृह मन्त्रालय, शिक्षा विभाग तथा शिक्षा मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, स्वास्थ्य मन्त्रायलमा डेलिगेशन कार्यक्रम रहेको छ ।

kamlari

२६ जना कमलरी सम्पर्कविहिन
नेपालमा कम्लरी मुक्त घोषणा २०७० साउन ३ गते भइसक्दा समेत अझैसम्म २६ कमलरी मालिकको घरमा काम गर्ने सिलसिलामा अभिभावकको सम्पर्कभन्दा बाहिर रहेको मञ्चले बताएको छ । मञ्चले विहिबार पत्रकार भेटघाटमा गराएको जानकारीअनुसार सवैभन्दा बढी कैलालीका १२ जना, बाँकेका ६ जना, दाङका ५ जना र बर्दियाका ४ जना कमलरीहरु अभिभावक सम्पर्कविहिन रहेका छन् । मञ्चका अध्यक्ष सुनिता चौधरीकोअनुसार दाङको सर्मिला चौधरी, सिता चौधरी, जुग्री चौधरी, मनि चौधरी र आशा चौधरी सम्पर्कविहिन छन् । त्यस्तै, बाँकेका ममता थारु, रजिता थारु, शान्ती थारु, प्यारी थारु, विपति थारु सम्पर्कविहिन छन् ।

त्यसैगरी कैलालीका उमा चौधरी, दुख्नी चौधरी, लौटी चौधरी, लक्ष्मी चौधरी, साहना चौधरी, सुनिता चौधरी, टीका चौधरी, मनिषा चौधरी, हेमा चौधरी, सुर्या चौधरी, आशा चौधरी, रिता चौधरी अभिभावकको सम्पर्कबाहिर छन् । मञ्चले दिएको जानकारीअनुसार बर्दियाका आशरानी थारु, तुलारानी थारु, चिजमानी थारु र श्रीकृष्णी थारु समेत सम्पर्कविहिन छन् ।

त्यसैगरी विरामीहुँदा उपचार नपाएर होष्टेलमा बसेका तीनजना मुक्त कमलरीहरुको मृत्यु भएको मुक्त कम्लरी विकासकी अध्यक्ष चौधरीले बताउनुभयो । चौधरीकाअनुसार कैलालीकी हेमा चौधरीलाई सिकलसेल, प्यूठानकी सिमा घर्तिलाई मुटुरोगको समस्या, बर्दियाकी सरिता चौधरीलाई भाइरल भएर मृत्युभएको बताइएको छ ।

अझै तीनसय सात कमलरी
कम्लरी मुक्त घोषणा भएको करिब ३ वर्ष बितिसक्दासमेत अझै देशको विभिन्न ठाउँमा २ सय ६५ जना मुक्त कमलरी मालिकको घरमा कमलरी जीवन गुजारिरहेको मञ्चको भनाई छ । मञ्चकोअनुसार बर्दियाका एकसय ७४ जना, कैलालीका ७० जना, दाङका २८, कञ्चनपुरका २१ र बाँकेका १४ जना कमलरीहरु अझै मालिकको घरमा विभिन्न स्थानमा कमलरी बसेका छन् ।

तपाईको प्रतिक्रिया