कल्याणकारिणीसभाको नविकरण भएन, बजेट निकासामा समस्या


tks-board

काठमाडौं, मंसिर २४ गते । हरेक वर्ष साउन मसान्त र ढिलोमा असोज मसान्तसम्म गर्नुपर्ने संस्था नविकरण यसवर्ष थारु कल्याणकारिणीसभा केन्द्रीय संस्था नविकरण अझैसम्म हुन सकेको छैन । नेतृत्वको लापरवाहीले संस्था नविकरण हुन नसकेको सदस्यहरुको गुनासो छ ।

सभाको नविकरण हुन नसक्दा आर्थिक खर्च व्यवस्थापन र बजेट निकासमा समेत समस्या परेको सचिवालयका सदस्यहरुको भनाई छ । विहिबार केन्द्रीय सचिवलयको बैठकमा केही सदस्यहरुले नेतृत्वको आलोचना गरेका थिए ।

बैठकले त्यस्तो निर्णय गर्दै थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीलाई आगामी पुस २ देखि ४ गतेसम्म चित्तवनमा हुन गइरहेको नेपाल आदिबासी जनजाति महासंघको अधिवेशनमा महासचिव वा कोषाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैठकले थाकस सुनसरीका पूर्व सभापति रामराज चौधरी र उद्योग व्यवसायी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको  छ । सचिवालय सदस्य राजकुमार लेखीकाअनुसार बैठकले आगामी पुस मसान्तभित्र केन्द्रीय परिषदको बैठक गर्ने निर्णय गरेको छ ।

त्यस्तै, एकवर्ष भित्र सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने, छ महिनाभित्र थारु महिला सभा र थारु युवासभाको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । काठमाडौंमा विहिबार बसेको बैठकले त्यस्तो निर्णय गर्दै थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीलाई आगामी पुस २ देखि ४ गतेसम्म चित्तवनमा हुन गइरहेको नेपाल आदिबासी जनजाति महासंघको अधिवेशनमा महासचिव वा कोषाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय अध्यक्ष धनीराम चौधरीको सभापतित्वमा बसेको बैठकले जनजाति महासंघको अधिवेशन प्रतिनिधिकालागि चारजनालाई छनौट गरेको छ । जसमा प्रेमीलाल चौधरी, रामलाल चौधरी, सरस्वती चौधरी र भागीरथी राना रहेका छन् । त्यस्तै बैठकले जनजाति प्रतिष्ठानको परिषद सदस्यमा कानूनलाल चौधरीलाई पठाउने निर्णय गरेको छ ।

थारु कल्याणकारिणीसभाको पुरानो बानेश्वरस्थित कार्यालय मातातिर्थमा सरेपछि बैठक बस्न कठिनाई भइरहेको सदस्यहरुको भनाई छ । हिजोको सचिवालय बैठक पनि महामन्त्रीको डेरामा बसेको थियो ।

तपाईको प्रतिक्रिया