काठमाडौं, मंसिर २७ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का मुख्य सचेतक योगेन्द्र चौधरीले पाँच नम्बर प्रदेशको सीमांकन विषयमा मधेसी मोर्चाका नेतासँग भइरहेको वार्ताप्रति असन्तुष्टि जनाउनुभएको छ ।
पाँच नम्बर प्रदेशमा थारूको माग सम्बोधन गर्न आफूहरूले दबाबका लागि आन्दोलन गरेको स्मरण गर्दै मुख्य सचेतक चौधरीले पाँच नम्बर प्रदेशको सीमांकनबारेमा सरकारले वार्ता थारूसँग गर्ने हो कि, मधेसी नेतासँग ? जिज्ञासा गर्नुभयो ।
पाँच नम्बर प्रदेशमा थारूको माग सम्बोधन गर्न आफूहरूले दबाबका लागि आन्दोलन गरेको स्मरण गर्दै मुख्य सचेतक चौधरीले पाँच नम्बर प्रदेशको सीमांकनबारेमा सरकारले वार्ता थारूसँग गर्ने हो कि, मधेसी नेतासँग ? जिज्ञासा गर्नुभयो ।
अहिलेको सरकारले वास्तविकरूपमा समस्या समाधान गर्नै नचाहेको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो यो सरकार जसको आशीर्वादबाट बनेको हो, उसैलाई खुसी बनाउन लागिपरेको छ । त्यसकैलागि मधेसी मोर्चाको माग प्रमुख भयो र थारूहरूको माग ओझेलमा राखियो ।
अहिलेको सीमांकन प्रस्ताव पनि थारूहरूका लागि पर्याप्त नरहेको बताउँदै चौधरीले एमालेले त्यसको विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गर्नुभयो । थारूले थरुहट प्रदेश माग गर्दा विखण्डनकारी आरोप लाउँदै एमालेले पाँच नम्बर प्रदेशमा आन्दोलन गर्नुको कुनै औचित्य छैन । थारूले तराईका जिल्ला समेटेर नवलपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश माग गरेका छन् । आफ्नो पहिचान हुनेगरी संघीय प्रदेश माग्दा किन विखण्डनकारी आरोप ? उहाँको जिज्ञासा छ ।
थारूजत्तिको राष्ट्रवादी कोही पनि नरहेको दाबी गर्दै उहाँले मुलुक विखण्डन हुने नै भयो भने यो राष्ट्र थारूहरूले जोगाउनेछन् । अरू कसैले आएर जोगिने छैन चौधरीले भन्नुभयो ।
सांसद सन्तकुमार थारूले सिंगो नवलपरासीदेखि कञ्चनपुसम्मको थारू प्रदेश बनाउनुपर्ने मागमा प्रतिबद्ध रहेको बताउनुभयो । पार्टी पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले नवलपरासीदेखि कञ्चनपुरको पूरै भूभागलाई थारू प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेपनि त्यसअनुसार संशोधन नआएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।
थारूहरू राष्ट्रवादी हुन् । दुई नम्बर प्रदेश तराईका जिल्ला मात्रै राखेर प्रदेश बनाउन हुने तर थारूले आफ्नो प्रदेश माग्दा विखण्डनकारी देख्ने कार्य गलत हो चौधरीको तर्क छ ।
यसैबीच माओवादी सांसद सन्तकुमार थारूले सिंगो नवलपरासीदेखि कञ्चनपुसम्मको थारू प्रदेश बनाउनुपर्ने मागमा प्रतिबद्ध रहेको बताउनुभयो । पार्टी पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले नवलपरासीदेखि कञ्चनपुरको पूरै भूभागलाई थारू प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेपनि त्यसअनुसार संशोधन नआएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । दसवर्षे सशस्त्र संघर्षको मागमा समेत ब्रेक लाग्ने भएकाले थारूहरूले आफ्नो प्रदेशको माग आन्दोलन र वार्तामार्फत लिनुपर्ने भएको उहाँको तर्क छ ।
संयुक्त वक्तव्य आउने
पाँच नम्बर प्रदेश पूरै थारूहरूको हुनुपर्ने मागसहित संशोधन पक्षधर थारू सांसदले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । पाँच नम्बर प्रदेशको समस्या थारूहरूसँग हो, मधेसी नेतासँग वार्ता किन भन्ने प्रश्न उठाउँदै उनीहरूले सोमबार साँझसम्म वक्तव्य जारी हुने बताइएको छ ।
संयुक्त वक्तव्यपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख तीन दलका शीर्ष नेतालाई भेटी थारूहरूसँग विगतका आन्दोलनक्रममा भएका सम्झौता पालना गर्न र पाँच नम्बर प्रदेशमा पहाडी जिल्ला समावेश नगर्न दबाब दिने तयारी थारु सांसदले गरेका छन् ।