माधव चौधरीको ट्रमा सेन्टरमा उपचार हुँदै, अवस्था सुधारोन्मुख


sam_7494

लक्की चौधरी
काठमाडौं, मंसिर २७ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीको उपचार काठमाडौंको केन्द्रीय ट्रमा सेन्टरमा भइरहेको छ । उहाँको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

मंसिर २३ गते एक विवाहमा सहभागी भई घर फर्किनेक्रममा मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उहाँको सम्भवतः बुधबारसम्म एमआरआई गरिने र त्यसको रिपोर्टका आधारमा अपरेशन गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

दुर्घटनामा परी पछाडिको करङमा गम्भीर चोट लागी फ्याक्चर भएकाले शरीरका अन्य अंग प्रत्यंग चलाउन समस्या भएपनि अपरेशनपछि अवस्था क्रमशः सुधार आउने चिकित्सकको भनाई छ ।

दुर्घटनामा परी पछाडिको करङमा गम्भीर चोट लागी फ्याक्चर भएकाले शरीरका अन्य अंग प्रत्यंग चलाउन समस्या भएपनि अपरेशनपछि अवस्था क्रमशः सुधार आउने चिकित्सकको भनाई छ । उपचारमा संलग्न थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले अवस्था अहिले खतरामुक्त रहेको बताउनुभयो ।

एमआरआईको प्रतिवेदनपछि हुने अपरेशनले उहाँको अवस्थालाई थप सुधारको विषयमा टुंगो लाग्ने थारुले जानकारी गराउनुभयो । गम्भीर प्रकृतिको चोट रहेकाले ठीक हुन केही समय लाग्ने भएपनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उपचार निकै खर्चिलो भएकाले उहाँले सबैलाई उपचारमा सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

sam_7504

घाइते माधव चौधरीले हमार पहुरासँग कुरागर्दै भन्नुभयो, हिजोको तुलनामा अहिले दुखाई कम हुँदैगएको छ । शरीरका अन्य अंग चलाउन गाह्रो भएपनि क्रमशः ठीक हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया