काठमाडौं, मंसिर २८ गते । थारु समुदायले थरुहट प्रदेश प्राप्तीका लागि पुनः सदन र सडक तताउने भएको छ । थारु सांसदले संयुक्तरुपमा सदनमा विरोध गर्ने र सडकमा थारु समुदाय पुनः उत्रने तयारी गरेका छन् ।
एमाले सांसद बाहेक सबै सांसद अहिले एक ठाउँमा रहेपनि एमालेका थारु सांसदलाई समेत समेट्ने प्रयास भएको बैठकमा सहभागी थारु सांसदले बताउनुभयो । कांग्रेस सांसद भोटनीदेवी खवासका अनुसार पहिलो एजेण्डा टीकापुर घटनाको दोसी आरोपमा पक्राउ परेकालाई रिहाईका लागि र दोस्रो एजेण्डा थरुहट प्रदेश प्राप्तीका लागि हुने जानकारी दिनुभयो ।
कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि सांसदहरुले गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारू सांसदले शुक्रबार र शनिबार दुई दिन गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्। कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि सांसदहरुले गरेका छन् ।
कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप मान्दनौं सांसद तेजुलाल चौधरीले बताउनुभयो । उहाँकाअनुसार बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भएको छ ।
ज्ञापनपत्रमा सांसदहरुले कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा राख्ने माग गर्न अन्य पार्टीका शीर्ष नेतासँग पनि भेटघाट गर्ने भएका छन्। उनीहरूले नवलपरासीलाई टुक्र्याउन नपाइने सर्त पनि राख्ने भएका छन्। नवलपरासीलाई ५ नम्बरमा राखी सो प्रदेशलाई थरुहट प्रदेश बनाउनुपर्ने निर्णय सांसदहरुको छ । आफ्ना माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने थारु सांसदको ठहर छ।
फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्न सबै पार्टीका थारू सांसद एक ठाउँमा उभिने निर्णय भएको बताउनुभयो ।
फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्न सबै पार्टीका थारू सांसद एक ठाउँमा उभिने निर्णय भएको बताउनुभयो ।
बैठकमा कांग्रेसबाट सुशीला चौधरी, सुरेन्द्र चौधरी, भोटनीदेवी खवास, तेजुलाल चौधरी, माओवादी केन्द्रबाट सन्तकुमार चौधरी, मानबहादुर चौधरी, फोरम लोकतान्त्रिकबाट कल्पना चौधरी, जनकराज चौधरी, योगेन्द्र चौधरी, सुमित्रा थरुनी, थरुहट तराई पार्टी नेपालबाट गंगा चौधरी, गोपाल दहित, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रुक्मिनी चौधरीलगायत १५ सांसद सहभागी थिए।
संसदमा थारु समुदायबाट ४२ जना थारू सांसदको प्रतिनिधित्व रहेको छ । सो मध्ये एमालेका पाँचजना सांसद बाहेक सबैलाई बैठकमा बोलाइएको थियो। सबै पार्टीका थारू सांसद एक ठाउँमा उभिनुपर्छ भन्ने निर्णय भएको छ मञ्च थरुहटकी रुक्मिनी चौधरीले बताउनुभयो ।
मधेसी मोर्चाले कैलाली र कञ्चनपुरका थारूले गरेको आन्दोलनलाई सहयोग गर्ने निर्णय गरेको भोलिपल्ट थारू सांसदले गोप्य बैठक गरी आन्दोलन चर्काउने निर्णय गरेका हुन्।
सोमबार काठमाडौंमा बसेको थारू कल्याणकारी समितिको बैठकमा पनि कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने माग उठेको सांसद रुक्मिनी चौधरीले बताउनुभयो ।