भारतीय पुरुषसँग विवाहित नेपालीलाई नागरिकता पाउन सात वर्ष


काठमाडौं, मंसिर २९ गते । व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भए नेपाली नागरिकसँग बिहेगर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेमा नेपालको अंगीकृत नागरिकता तत्काल पाउनेछन्। तर भारतका पुरुषसँग नेपाली चेलीले अंगीकृत नागरिकता पाउन सात वर्ष कुर्नु पर्ने व्यवस्था छ ।

वर्तमान संविधानको नागरिकतासम्बन्धी व्यवस्था रहेको धारा ११ को उपधारा ६ माथिको संशोधन प्रस्तावले यो व्यवस्था ल्याएको छ । यसअघि संविधानले विदेशी महिलाले आफ्नो देशको नागरिकता त्याग्नुपर्ने व्यवस्था थिएन ।

उपधारा ११ को उपधारा ६ ले नेपालीसँग विवाह गर्नासाथ आफ्नो देशको नागरिकता नत्यागी तत्कालै अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छैन।

के छ धारा ११ उपधारा ६ मा ?

संविधानको धारा ११ मा १० उपधाराभित्र नागरिकतासम्बन्धी प्रावधान उल्लेख छन्। संशोधन गर्न लागिएको उपधारा ६ मा भनिएको छ, नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायमगरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।

यो व्यवस्थाअनुसार संघीय संसदले संघीय निर्माण गरेको कानुनअनुसार नेपालीसँग विहे गरेर आउने महिलाले नागरिकता प्राप्तिको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। संघीय संसद स्थापना नभइसकेको हुँदा अहिले संघीय कानुन निर्माण भइसकेको छैन। संघीय कानुनले नागरिकता प्राप्तिको विस्तृत प्रक्रिया उल्लेख गर्ने कल्पना यो धाराले गरेको छ।

संशोधनमा के छ ?

पाँच नम्बर प्रदेश टुक्र्याउने, हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदानगर्ने तथा राष्ट्रियसभामा प्रतिनिधित्वको विषय समेटिएको संशोधन प्रस्तावमा अंगीकृत नागरिकताबारे उल्लेख भएको संविधानको धारा ११ को उपधारा ६ माथि संशोधन प्रस्ताव गरिएको छ । संशोधन

प्रस्तावमा नेपालीसँग विहे गरेकी महिलाले आफ्नो देशको नागरिकता नत्यागी तत्कालै नेपालमा अंगीकृत नागरिकता पाउने उल्लेख छ। संशोधन प्रस्तावमा भनिएको छ, ुनेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारवाही चलाएपछि संघीय कानुन बमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछ।

बिहे गरेर भारतजाने नेपाली चेलीलाई नागरिकता पाउन ७ वर्ष
नेपाली नागरिकसँग विवाह गर्ने महिलाले विवाह दर्ताको प्रमाणसहित आफ्नो देशको नागरिकता त्यागको कागजात सहित निवेदन दिए तत्कालै अंगीकृत नागरिकता पाउन सक्छन्। भारतबाट विवाह गरेर नेपाल आउने बुहारीहरुले अहिले यही व्यवस्थाअनुसार तराइमा अंगीकृत नागरिकता लिइरहेका छन्। संशोधन प्रस्ताव पारित भएमा आफ्नो देशको नागरिकता त्यागको प्रमाण देखाउनु पर्नेछ ।

अहिलेको व्यवस्थाअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ताको प्रमाणसहित आफ्नो देशको नागरिकता त्यागको कागजात राखेर निवेदन दिए तत्कालै अंगीकृत नागरिकता पाउन सक्छन्। भारतबाट विवाह गरेर नेपाल आउने बुहारीहरुले अहिले यही व्यवस्थाअनुसार तराइमा अंगीकृत नागरिकता लिइरहेका छन्।

संविधान मूल कानुन भएकोले अहिलेको संवैधानमा नागरिकता प्राप्तिका विस्तृत प्रक्रिया संघीय कानुनले व्यवस्थित गर्ने मात्र उल्लेख छ। संशोधनका लागि ल्याइएको धाराले संविधानमै वैवाहिक सम्बन्धका आधारमा अंगीकृत नागरिकताको प्रावधानलाई माइक्रो म्यानेजमेन्ट गरेको हो।

अहिलेको व्यवस्थाअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ताको प्रमाणसहित आफ्नो देशको नागरिकता त्यागको कागजात राखेर निवेदन दिए तत्कालै अंगीकृत नागरिकता पाउन सक्छन्। भारतबाट विवाह गरेर नेपाल आउने बुहारीहरुले अहिले यही व्यवस्थाअनुसार तराइमा अंगीकृत नागरिकता लिइरहेका छन्।

हिन्दीलाई संवैधानिक हैसियत दिनेगरी संशोधन प्रस्ताव आउँदा उल्लास मनाउने भारतमा विवाह गरेर जाने नेपाली चेलीका लागि नागरिकता प्राप्तिको प्रक्रिया निकै कडा छ। भारतीय नागरिकसँग विवाह भएको ७ वर्षपछि मात्र उनीहरुले अंगीकृत नागरिकता पाउन सक्छन्।

भारतीय कानुन यस्तो छः

(नागरिकबाट)

तपाईको प्रतिक्रिया