पैसाको जोहो ढिला भएपछि माधव थारुको विहिबार अपरेशन भएन

लक्की चौधरी
काठमाडौं, मंसिर ३० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिका कैलाली प्रवक्ता तथा थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य माधव थारुको विहिबार गर्ने भनिएको अपरेशन पैसाको जोहोगर्न ढिलाई भएपछि सम्भव हुन सकेन ।

पछाडिको मेरुदण्ड र घाँटीको पछाडि भागको अपरेशन (शल्यक्रिया) गर्नुपर्ने चिकित्सकले बताएअनुसार विहिबार शल्यक्रिया गर्ने समय तोकिएको थियो । तर पैसाको जोहे साँझ ३ बजेपछि मात्र भएपछि अपरेशन सम्भव नभएको थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले जानकारी दिनुभयो ।

ट्रमा सेन्टरमा अपरेशन गर्ने क्यूका बीच विहिबारको समय लिइएको भएपनि आवश्यक पैसाको व्यवस्था हुन नसक्दा डाक्टरसँगसमेत सम्पर्क हुन नसकेको उहाँले जानकारी गराउनुभयो । अपरशेनमा करिब पौने तीनलाख रुपियाँ जति खर्चहुने अनुमान अस्पतालले गरेपनि पैसाको जोहो ढिला भएपछि शुक्रबार अपरेशनकालागि प्रयास गर्ने थारुले बताउनुभयो ।

समयमा अपरेशन हुन नसक्दा विरामीको स्वास्थ्यमा सुधार हुन समेत ढिलाई भइरहेको अध्यक्ष थारुले बताउनुभयो । सेन्टरमा पन्ध्र बीस दिनदेखि अपरशेनकालागि मान्छेहरु क्यूमा रहेको तर डाक्टरलाई विशेष आग्रह गरेर विहिबारको समय लिइएको भएपनि सम्भव हुन नसकेको उहाँले बताउनुभयो । शुक्रबार विहानदेखि अपरशेनका लागि प्रयास गर्ने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया