कटैनी नदीको पुल माघ मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी


राम दहित
कैलाली, पुस ४ गते । कैलालीकोे पवेरास्थित कटैनी नदिमा बन्दै गरेको निर्माणाधिन पुल अगामी माघ महिनाभित्रै निर्माणकार्य सम्पन्न हुने भएको छ । हुलाकी निर्माण आयोजना धनगढीका प्रमुख तुरन्त मण्डल निर्माणाधिन कटैनीपुल माघ मसान्तसम्म तयार हुने बताएका छन् । प्रमुख मण्डल निर्माणाधिन कटैनीपुल दुई महिनाभित्रै ढलान गरीसक्ने जानकारी गराएका छन् ।

उहाँ अघि थपे–‘बर्षौदेखि निर्माण कार्य सुरु गरेको पुल समयमा निर्माण हुन नसक्नु ठेकेदारको कमीकमजोरी हो, तर अब चाडैं पुलको कार्य सम्पन्न हुन्छ । दुई महिनाभित्रै यहाँका स्थानीयहरु पुलमा हिडडुल गर्न पाउने छन् । उहाँ पुलमा ढलान हुने बित्तिकै पुलको वारिपारि माटो पटानी गरेर पुल सञ्चालन गर्ने बताए ।

पुलको सम्पूर्ण कार्य चाहि असारमसान्तमा मात्रै सकिने प्रमुख मण्डल जानकारी दिए । पुलको दायाँबाँया बेरियल लगायत प्रोटेक्सन रंगरोगनसहित सम्पूर्ण काम सकिन असार मसान्तसम्म लाग्ने प्रमुख मण्डलले जानकारी दिए ।

तर पुलको सम्पूर्ण कार्य चाहि असारमसान्तमा मात्रै सकिने प्रमुख मण्डल जानकारी दिए । पुलको दायाँबाँया बेरियल लगायत प्रोटेक्सन रंगरोगनसहित सम्पूर्ण काम सकिन असार मसान्तसम्म लाग्ने प्रमुख मण्डलले जानकारी दिए ।

बर्षाैदेखि पुल नबनेर सास्ती पाएका स्थानीयहरु अब पुलमा हिडडुल गर्न पाउने भनी खुशी व्यक्त गरेका छन् । श्री सरस्वती युवा जागरण क्लव रतनपुर–८ भुईयाँफाँटाका अध्यक्ष चेतराम दहित बर्षौदेखि निर्माणकार्य थालनी गरेको पुल समयमा नबनि यहाँका बासिन्दा धेरै सास्ती पाएका थिए ।

तर दुई महिनाभित्र पुल निर्माण कार्य सम्पन्न हुने भएपछि उहाँ आवातजावात गर्ने सर्वसाधारण लगायत स्कुले विद्यार्थी, व्यापारीहुरुलाई सजिलो हुने बताए ।

त्यस्तै रतनपुरका गाविस सचिव सन्तोषकुमार चौधरी नदीमा बाढी आएको बेला स्थानीयहरु ज्यान जोखिममा राखी ओहोरदोहोर गर्न बाध्य थिए । तर पुल बनेपछि यहाँका बिमारी, विद्यार्थी, व्यापारी, कर्मचारीलगायत स्थानीयहरुको समस्या हटेर जाने बताए ।

रतनपुरका गाविस सचिव सन्तोषकुमार चौधरी नदीमा बाढी आएको बेला स्थानीयहरु ज्यान जोखिममा राखी ओहोरदोहोर गर्न बाध्य थिए । तर पुल बनेपछि यहाँका बिमारी, विद्यार्थी, व्यापारी, कर्मचारीलगायत स्थानीयहरुको समस्या हटेर जाने बताए ।

साथै उहाँ पुल निर्माण भएपछि पवेरा गाविसदेखि भजनी त्रिशक्ति नगरपालिकासम्म निर्माण हुदैंगरेको हुलाकी सडक निर्माण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कटैनी नदीमा बनीरहेको पुल निर्माण कम्पनी विपी कन्ट्रक्सनको चरम लापारवाहीकाकारण समयमा निर्माण कार्य सम्पन्न नभएको हो । २०६७÷०७८ मा ठेक्का सम्झौता भएर कम्पनीले कटैनीमा ६६ मिटर लामो पुल बनाउने कार्य सुरु गरेको हो । साढे दुई बर्षमा निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखेर पुल निर्माण कार्य सुरु गरिएपनि पाँच वर्षभन्दा बढी समय भएपनि अझै पुलको २० प्रतिसत काम बाँकी रहेको छ ।

पटक पटक पुल निर्माणको लागि म्याद थप्दापनि पुल अझै पनि सम्पन्न हुन सकेको छैन । पुल निर्मााणको लागि चाहिने सरिया, सिमेन्ट लगायत विभिन्न उपकरणको अभावलगायत बन्दहडतालले पुल समयमा सम्पन्न हुन नसेकेको निर्माणपक्षको दाबी छ । पुल तीन करोड चार लाख १० हजार रुपैया लागतमा निर्माण भइरेहेको छ ।

तपाईको प्रतिक्रिया