काठमाडौं, पुस ५ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको ढाडको शल्यक्रिया सफल भएको छ । करिब साढे पाँच घण्टा समय लगाएर चिकित्सकले थारुको पछाडिको मेरुदण्डको शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि प्रवक्ता थारुलाई अहिले राष्ट्रिय ट्रमा सेन्टरको आइसियूमा राखिएको छ । २४ घण्टासम्म थारुलाई आइसियूमा राखिने चिकित्सकले बताएको छ । शल्यक्रियापछि पनि थारुको अवस्था सामान्य रहेको छ । अपरेशन सफल भएपछि थारुको अवस्था पुनः पहिलेजस्तै नर्मल हुने विश्वास चिकित्सकहरुको छ ।
पछाडिको ढाडमा ७ वटा स्क्रयू र दुईवटा रड राखेर अपरेशन गरिएको चिकित्सले बताएको छ । अहिले ढाडको मात्र शल्यक्रिया गरिएको भएपनि पुनः अर्को एमआरआई पछि घाँटीको पनि शल्यक्रिया गर्ने नगर्ने बारे टुंगो लगाइने चिकित्सले भनेको उपचारमा संलग्न थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले जानकारी दिनुभयो ।

घाँटीमा खासै समस्या नेदेखिएकाले अपरेशन गर्नु नपरेको तर पछि पुनः अर्कोपल्ट एमआरई गरेर अपरेशन गर्ने नगर्नेबारे निर्णयमा पुग्ने चिकित्सकले बताएको थारुले जानकारी गराउनुभयो । मंगलबार विहान ११ बजेदेखि ४ः३० बजेसम्म चिकित्सक डा. गौरव ढकालको समूहले थारुको शल्यक्रिया गरेको थियो ।
प्रवक्ता थारु मंसिर २३ गते मोटरसाईकल दुर्घटनामा परेका थिए । उपचारकालागि काठमाडौं ल्याएको करिब दुईसाता पछि थारुको शल्यक्रिया भएको छ । ढिला भएपनि शल्यक्रिया सफल भएकोमा आफन्त तथा उपचारमा संलग्न आफन्तहरुले सन्तुष्टि व्यक्त गरेका छन् ।