जनजाति महासंघमा जगत बराम निर्वाचित, महासंघमा थारु शुन्य


चित्तवन, पुस ६ गते । चितवनको नारायणगढमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित हुनु भएको छ । गयराती भएको निर्वाचनमा ३१ मत ल्याएर बराम अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट हुनुहुन्छ । उहाँलाई माओवादी, संघीय समाजवादी फोरमलगायतका निकट जनजातिहरुको समर्थन रहेको थियो । भुजेल भने एमालेबाट उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा खुल्लातर्फ किरण सुनुवार ३३ मत, गोविन्द छन्त्याल २८, लोकबहादुर दुरा २७, गणेशलाल थकाली २६, नविन रोकामगर २६, सोनाम लामा वालुङ २४, श्यामप्रसाद मण्डल २३ र महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन ३६ मतका साथ विजयी हुनुभएको छ । महिलासहित ८ उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

त्यसैगरी महासंघमा महासचिवमा नित्यानन्द ताजपुरिया ३७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटम प्रतिस्पर्धी टासी ह्याल्मो १५ मत मात्रै ल्याउनुभयो ।

यसैगरि पाँचजना सचिवमा आङ पासाङ शेर्पा ३२, गोपाल माझी २६, दानसिंह राउटे २२, सुखवीर थानी २१, राजकुमार बोटे २० मत ल्याई विजयी हुनुभयो । सचिव पदमा ९ जनाको उम्मेदवारी परेको थियो ।

महिला सचिवहरुमा श्रतिमाया कुमाल ३९, शान्तिदेवी धिमाल ३५, सकुमती राजवंशी ३३, लाक्पा हिले शेर्पा ३० मत प्राप्त गरी विजयी हुनुभयो ।

त्यस्तै, कोषाध्यक्षमा मुकुन्दबहादुर पहारी ३८ मतका साथ विजयी हुनुभयो । उहाँका निकटम प्रतिस्पर्धी प्रेमीलाल चौधरी १५ मत मात्रै प्राप्त गर्नुभयो ।

यसपटक सबै पक्षका जनजातिले एमाले निकट जनजातिलाई अलग्याएर समिकरण बनाएका थिए । यसअघि एमालेकै सहयोगमै कांग्रेसका नगेन्द्रकुमार कुमाल अध्यक्ष निर्वाचित भएपनि यसपटक कांग्रेसले एमालेलाई धोका दिएको छ ।

निर्वाचनमा कुल ५६ मध्ये ५४ मत खसेको थियो । निर्वाचित कार्यसमितिलाई विहानै सपथग्रहण गराईएको निर्वाचन समितिका मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

महासंघमा जातिय प्रतिनिधिहरु रहने भएपनि प्रमुख दलहरुबीच नै नेतृत्वका लागि प्रतिस्पर्धा हुनेगर्छ । यसपटक सबै पक्षका जनजातिले एमाले निकट जनजातिलाई अलग्याएर समिकरण बनाएका थिए । यसअघि एमालेकै सहयोगमै कांग्रेसका नगेन्द्रकुमार कुमाल अध्यक्ष निर्वाचित भएपनि यसपटक कांग्रेसले एमालेलाई धोका दिएको छ ।

यसपटक विधान संशोधनगरि १३ सदस्यीय समितिलाई १९ सदस्यीय बनाइएको छ । थारु कल्याणकारिणीसभाका उपाध्यक्षसमेत रहनुभएका प्रेमीलाल चौधरी कोषाध्यक्षमा उम्मेदवारी दिनुभए पनि निकै न्यूनमत प्राप्त गर्नुभयो ।

यसअघि महासंघमा यशोदा चौधरी सदस्य हुनुुुहुन्थ्यो । यशोदालाई पदाधिकारीमा उम्मेदवारी दिन लगाएको भए जित सहज हुन्थ्यो । तर थाकसको मुख्य पदमा भएकाले नै महासंघ ताकेपछि हार खानुपरेको महासंघमा सहभागी केही मतदाताहरुको भनाई थियो ।

तपाईको प्रतिक्रिया