चित्तवन, पुस ९ गते । चित्तवनका पत्रकार तथा हमार पहुरा डटकमका चित्तवन समाचारदाता सन्तकुमार चौधरी शनिबार मोटरसाईकल दुर्घटनामा परी घाइते हुनुभएको छ । कार्यालयबाट घर जानेक्रममा शनिबार दिउँसो उहाँ दुर्घटनामा पर्नुभयो ।
चित्तवनको पदपुरस्थित सडकमा एउटा बच्चा एक्कासी दौडेर बाटो काटेपछि बच्चालाई बचाउने क्रममा पत्रकार चौधरी दुर्घटनामा परेको बताउनुभयो । उहाँको हात, अनुहार र टाउकोमा सामान्य चोट लागेको छ । स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि अहिले उहाँ घरमै आराम गरिरहनुभएको छ ।
एक्सरे गराउँदा हात नभाँचिएको देखिएपछि चौधरीलाई चिकित्सकले चोट लागेको औषधि दिएर आराम गर्न भनेको घाइते चौधरीले बताउनुभयो । हमार पहुरा डट कम परिवारले चौधरीको स्वास्थ्यलाभको कामना गरेको छ ।