काठमाडौं, पुस ९ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको स्वास्थ्यअवस्थामा क्रमिक सुधार भएको छ । गत मंगलबार उहाँको ढाडको शल्यक्रिया सफल भएपछि स्वास्थ्यमा सुधार भएको हो ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंका डा. गौरव ढकालको समूहले थारुको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि प्रवक्ता थारुले स्वास्थ्यमा क्रमिक सुधारको महशुस भएको बताउनुभयो । हमार पहुरा डट कमसँग शनिबार कुरागर्दै थारुले आइतबारदेखि थारुको कम्मरमा बेल्ट लगाएर विस्ताराबाट उठाएर बसाउने चिकित्सकले बताएको जानकारी गराउनुभयो ।
गत मंसिर २३ गते कैलालीको कनरीमा दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका प्रवक्ता थारुले दुखाईमा समेत कमी आएको बताउनुभयो । उहाँ शनिबारसम्म विस्तारामा सुत्नेअवस्था रहेपनि आइतबारदेखि चिकित्सकले विस्तारामा उठाएर बसाउने बताएको जानकारी दिनुभयो ।
स्वास्थ्यमा क्रमिक सुधारको महुशस भएपछि अरुले उठाइदिएमा बेडमा बस्नसक्ने थारुले बताउनुभयो । शरीरका अन्य अंगहरु सामान्य अवस्थाको जस्तै चलायनमा रहेपनि ढाड फ्याक्चरका कारणले उहाँ उठ्न, बस्न सक्नु भएको थिएन ।
यसअघिसम्म दुखाईले राती निद्रा नलाग्ने, सुत्न नदिनेसम्मको अवस्था भएपनि शुक्रबारबाट स्वास्थ्यमा क्रमिक सुधार भएपछि राती अलि सुत्न थालेको उपचारमा संलग्न उहाँकी धर्मपत्नी टीका चौधरीले बताउनुभयो । “अहिले दुखाईमा सुधार आएको छ, राती निदाउन थालेको छुँ” थारुले भन्नुभयो ।