पुस २२ गते काठमाडौंको जनप्रदर्शनमा सहभागी हुन नौदलको आव्हान


लक्की चौधरी
काठमाडौं, पुस १० गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) सहितका नौ दलका नेताहरुले सरकारी संशोधन प्रस्ताव मुलुकको हित प्रतिकुल रहेकाले व्यवस्थापिका संसदबाट पारित हुन नदिने बताएका छन् ।

सिंहदरवारस्थित एमाले संसदीयदलको कार्यालयमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेताहरुले त्यस्तो बताएका हुन् । अरुबाट निर्देशित संशोधन प्रस्तावले मुलुकलाई निकासको सट्टा द्वण्द्वमा लग्ने नौदलका नेताहरुको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव असंवैधानिक, अपरिपक्व भएकाले पारित हुन नदिइने बताउनुभयो ।

मुलुकमा अर्को संवैधानिक संकट आउन नदिन संविधानको कार्यान्वयन गर्नुको विकल्प नरहेको र त्यसकालागि आगामी ०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन आवश्यक रहेको भनाई नौवटै दलका नेताहरुको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव असंवैधानिक, अपरिपक्व भएकाले पारित हुन नदिइने बताउनुभयो ।

“सरकारले ल्याएको संशोधन प्रस्ताव असंवैधानिक र संसद बैठकमा प्रवेश पाउने लायकको छैन, यसलाई सरकारले फिर्ता लिएर संसद बैठक सुचारु हुने वातावरण बनाउनुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति उत्तेजक छ ।

सत्तापक्षका दलले एमालेसहितको प्रतिपक्षीदललाई जनताको माझमा जानबाट रोक्न खोजेको आरोप लगाउनुभयो । सरकारको नियत नै कालो रहेकाले मध्यरातमा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको भन्दै ओलीले थप्नुभयो, “भोलिपल्ट उज्यालो हुँदैनथ्यो ? सरकारको मनै उज्यालो नभएकाले अँध्यारोमा प्रस्ताव दर्ता ग¥यो ।”

प्रधानमन्त्री हुने वित्तिकै प्रचण्डले भन्नुभएको थियो उद्घाटन गर्न जाँदैन, तर खल्तीमा कैंची र सलाई बोकेर अहिले हिड्नुभएको छ” ओलीले भन्नुभयो ।

प्रधानमन्त्री हुने वित्तिकै प्रचण्डले भन्नुभएको थियो उद्घाटन गर्न जाँदैन, तर खल्तीमा कैंची र सलाई बोकेर अहिले हिड्नुभएको छ” ओलीले भन्नुभयो ।

नेमकिपाका सांसद प्रेम सुवालले सरकारले ल्याएको संशोधन प्रस्ताव भारतको निर्देशनमा आएकाले त्यसलाई पारित हुन नदिइने बताउनुभयो । छिमेकीमुलुकले तराई मधेसलाई देशबाट टुक्र्याउन खोजेको आरोप उहाँले लगाउनुभयो ।

नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले संघीयता जनताका लागि भएकाले जनताको हितअनुकुल हुनुपर्ने बताउनुभयो । कसैलाई खुशीपार्न संविधान संशोधन हुन नसक्ने भन्दै उहाँले देश र मुलुकको आवश्यकता अनुकुल हुनुपर्छ उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा नौ दलका नेताले पुस २२ गते काठमाडौंमा हुने वृहद् प्रदर्शनमा सहभागी हुन संयुक्त आव्हान गर्नुभएको छ । सो दिन दिउँसो १ बजे जनप्रदर्शनकासाथ भृकुटीमण्डपमा सहभागीताका लागि प्रतिपक्षीदलका नेताहरुको आग्रह छ ।

वृहद् प्रदर्शन र भेलामा नौवटै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जानकारी गराउनुभएको छ । संविधान कार्यान्वयन र मुलुकको निकासका लागि २२ गतेको प्रदर्शन गर्नुपरेको दलका नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया