सांसद गंगा थारुले अलग पार्टी खोलिन, थरुहट पार्टीबाट निस्काशन


काठमाडौं, पुस १० गते । थरुहट तराई पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा थारुले माउ पार्टी त्यागेर अलग पार्टी खोल्नुभएको छ । उहाँले नयाँ पार्टीको नाम थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्तावकोरुपमा संसद सचिवालयमा दर्ता गराउनुभएको छ ।

पार्टीमा आन्तरिकरुपमा लामो समयदेखि असन्तुष्ट रहनुभएकी उपाध्यक्ष थारुले अन्ततः अलग पार्टी खोल्ने तयारीमा पुग्नुभएको बताइएको छ । उहाँले प्रस्तावित गर्नुभएको पार्टीको नामलाई संसद सचिवालयले स्वीकृत गरिसकेको भएपनि निर्वाचन आयोगमा भने दर्ता हुन बाँकी  छ ।

सो विषयमा सांसद थारुसँग विस्तृतमा बुझ्न खोज्दा उहाँको मोबाइल स्वीचअफ गरिएको छ । संसद सचिवालयले दिएको जानकारीअनुसार थारुले अलग पार्टी प्रस्तावित गरिसक्नुभएको छ र सभामुख ओनसरी घर्तीले त्यसमा हस्ताक्षर समेत गरिसक्नुभएको छ ।

संसद सचिवालयले दिएको जानकारीअनुसार थारुले अलग पार्टी प्रस्तावित गरिसक्नुभएको छ र सभामुख ओनसरी घर्तीले त्यसमा हस्ताक्षर समेत गरिसक्नुभएको छ ।

सांसद थारुले पार्टीको विधान विपरित काम गरेको भन्दै थरुहट पार्टीले उहाँलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्काशित गरेको छ । आइतबार बसेको सो दलको केन्द्रीय कमिटीले सांसद थारुलाई निस्काशन गरेको बताएको छ ।

सो पार्टीका अध्यक्ष भानुराम थारुले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, पार्टीको विधि विधान, नियमावली, घोषणापत्र, निर्णय नीति निर्देशन विपरित काम गरेको र बारम्बार सच्चिन आग्रह गर्दासमेत नसुध्रिएकाले निजलाई सांसद पदबाट फिर्ता बोलाउँदै पार्टीको केन्द्रीय उपाध्यक्षसहित साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निस्काशन गरिएको छ । भानुराम थारु अध्यक्ष रहनुभएको थरुहट तराई पार्टी नेपालको समानुपातिकबाट दुईजना सांसद हुनुहुन्थ्यो । गोपाल दहित र गंगा थारु ।

हेर्नुहोस् थरुहट तराई पार्टी नेपालले थारुलाई निष्काशन गरेको विज्ञप्ती

तपाईको प्रतिक्रिया