लक्की चौधरी
काठमाडौं, पुस ११ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभएकी सांसद गंगा थारु सत्गौंवाले आफ्नै विवेकले नयाँ पार्टी खोलेको बताउनुभएको छ । पार्टी फुटाउनमा कसैको उत्साहट र समर्थन नरहेको उहाँको भनाई छ ।
हमार पहुरा डट कमसँग सोमबार कुरागर्दै सांसद थारुले एमालेका नेताको उक्साहटमा पार्टी फुटाएको भन्ने आरोप झुठा र कपोलकल्पित रहेको बताउनुभयो । पार्टी भित्रको निरंकुशता, शोषण र थिचोमिचोले आहाल भएर अलग पार्टी खोल्नुपरेको तर्क उहाँको छ । ‘पार्टीका वरिष्ठ नेताको एकलौटी, शोषण र अन्यायको विरुद्ध मैले विद्रोह गरेकी हुँ’ थारुले भन्नुभयो ।
पुस ५ गते नै संसद सचिवालयमा नयाँ पार्टी दर्ता गराएको दावीगर्दै सांसद थारुले भन्नुभयो, “सोमबार निर्वाचन आयोगमा पनि पार्टी दर्ता गराउन सफल भएकी छुँ, मेरो पार्टीको दर्ता नम्बर २२२८ हो ।”
पार्टीको कामभन्दा पनि व्यक्तिगत शोषण र लान्छना आफूलाई लगाएपछि असह्य भएर आफू अलग हुने निर्णय गरेको थारुले बताउनुभयो । विधायन समितिकी सभापति समेत रहनुभएकी सांसद थारुले भन्नुभयो, “तीन वर्षसम्म निरन्तर पार्टीभित्र गुनासो राखें, तर पार्टीले सुनुवाई नगरेपछि अलग हुनुको अर्को विकल्प मसँग रहेन ।”
पुस ५ गते नै संसद सचिवालयमा नयाँ पार्टी दर्ता गराएको दावीगर्दै सांसद थारुले भन्नुभयो, “सोमबार निर्वाचन आयोगमा पनि पार्टी दर्ता गराउन सफल भएकी छुँ, मेरो पार्टीको दर्ता नम्बर २२२८ हो ।” धेरै लामो समयको तयारीपछि पार्टी खोल्न सफल भएको बताउँदै उहाँले थरुहट तराई पार्टीका आधाभन्दा वढी नेता तथा कार्यकर्ताहरु आफूसँग आउन आतुर रहेको दावी गर्नुभयो ।
आफूलाई अनपढ र ‘पढाईल पट्टु’को आरोप पार्टीभित्र लगाउने गरेकोमा दुःख व्यक्त गर्दै सांसद थारुले भन्नुभयो, अब हेर्दै जानुस पढेलेखेका विद्वानले पार्टी चलाउँछन् कि मजस्ता अनपढले चलाउँछन् त्यो समयले पुष्टि गर्नेछ ।
“अहिले नै म को को नेता र कार्यकर्ता मेरो पार्टीमा आउँदैछ सार्वजनिक गर्दिन, त्यसो गरे पार्टीले कारवाही गर्छ होला, तर समयक्रमले सबैलाई थाहा भैहाल्छ” सांसद थारुले बताउनुभयो । हिजोसम्म म ५० प्रतिशत थिएँ पार्टीबाट अब अलग भएपछि १०० प्रतिशत भएँ भन्दै सांसद थारु सत्गौंवाले थारुको माग मुद्दासँगै देश र राष्ट्रियताको पक्षमा आफ्नो पार्टीले मुख्य एजेण्डा बनाउने बताउनुभयो ।
पार्टीका अध्यक्ष अरुकोही भएपनि वरिष्ठ नेताको अघिपछि पार्टी चलेको र व्यक्तिगत स्वार्थमा बढी लहसिएकाले आफूलाई पार्टीमा बसिरहन सह्य नभएको सत्गौंवाको अर्को दावी छ । आफूलाई अनपढ र ‘पढाईल पट्टु’को आरोप पार्टीभित्र लगाउने गरेकोमा दुःख व्यक्त गर्दै सांसद थारुले भन्नुभयो, अब हेर्दै जानुस पढेलेखेका विद्वानले पार्टी चलाउँछन् कि मजस्ता अनपढले चलाउँछन् त्यो समयले पुष्टि गर्नेछ । आफूलाई अनपढ भनेपनि प्रमाणपत्र उत्तीर्ण रहेको उहाँले दावी गर्नुृभयो ।