यसकारण म थरुहट तराई पार्टी नेपालबाट विद्रोह गरेंः गंगा थारु


काठमाडौं, पुस १२ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) दल गठन गर्नुभएकी सांसद गंगा थारुले पार्टी भित्रको तुच्छ बचनकाकारण पार्टी परित्याग गर्न पुगेको स्पष्टिकरण दिनुभएको छ ।

हमार पहुरा डट कमलाई आफूले थरुहट तराई पार्टी नेपालमा बुझाएको पत्रको पूर्णपाठ मंगलबार उपलब्ध गराउँदै सांसद थारुले त्यस्तो बताउनुभयो । तर उहाँले माउपार्टीमा बुझाएको पत्रको व्यहोरा र अहिलेको पत्रको व्यहोरामा केही संशोधन गरेको देखिएको छ ।

उहाँले पार्टीबाट विद्रोह गरेर जीवनमा सबैभन्दा ठूलो गल्ती गरेको पनि स्वीकार्नु भएको छ । सो कदमलाई थारु समुदायले र श्रीमानले समेत माफ गर्न लायक नरहेको उहाँले चर्चा गर्नुभएको छ ।

सांसद गोपाल दहितको ठाउँमा अर्को सांसद पार्टीले सिफारिस गरेमा आफू दल पुनः मिलाउने शर्त अगाडि सार्नुभएको छ । उहाँलाई फिर्ता बोलाइए दल दर्ता आफूले फिर्ता लिने उहाँको शर्त छ ।

हेरौं सांसद थारुले प्रेसित गरेको पत्रको पूर्ण विवरण

तपाईको प्रतिक्रिया