राम दहित
धनगढी, पुस १८ गते । प्रादेशिक सीमाङकन र नयाँ संविधानप्रति असन्तुष्ट थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीले संविधान संशोधन विधेयकप्रति विरोध जनाउदै दोस्रोचरणको आन्दोलन पुनः घोषणा गरेको छ ।
संविधान संशोधन विधेयक भ्रम छर्नकालागि आएको भन्दै संघर्ष समितिले सोमबार धनगढीमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको हो । संशोधन विधेयकविरुद्ध पुस २७ गतेदेखि औपचारिकरुपमा आन्दोलन शुरुगर्ने कैलाली कञ्चनपुर थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक प्रभातकुमार चौधरीले बताउनुभयो ।
सरकार बरम्बार थारुहरुको मागलाई बेवास्ता गरेकाकारण दोस्रोचरणको आन्दोल घोषणा गर्नुपरेको संयोजक चौधरी बताउनुभयो । यसअघि संघर्ष समिति मंसिर २२ गते पहिलोचरणको आन्दोलन घोषणा गरेको थियो ।
राज्य युगौंदेखि थारुहको मुद्दा सम्बोधन गर्नुको सट्टा दमनगर्दै आएको भन्दै अब निर्णायक आन्दोलन गर्ने संघर्ष समिति कैलाली संयोजक कृष्णकुमार चौधरीले’बताउनुभयो । आफूहरु निरन्तर आन्दोलनमा रहेको जनाउँदै अगामी आन्दोलनलाई झन सशक्त बनाउने बताउनुभयो ।
संयोजक चौधरीले सरकारले ल्याएको विधेयक छेउ टुप्पोको’रहेको आरोप लगाउनुभयो । आदिवासी जनजाति, थारु, पिछडावर्ग दलित, मधेसी, मुस्लीमहरुको कुनै हक अधिकार नसमेतिएको उल्लेख उहाँले गर्नुभयो ।
राज्य युगौंदेखि थारुहको मुद्दा सम्बोधन गर्नुको सट्टा दमनगर्दै आएको भन्दै अब निर्णायक आन्दोलन गर्ने संघर्ष समिति कैलाली संयोजक कृष्णकुमार चौधरीले’बताउनुभयो ।
संयुक्त संघर्ष समिति कञ्चनपुरका संयोजक पुष्कल चौधरीले राज्यले सिमांकनको हेरफेर गर्दै कैलाली कञ्चनपुरलाई पाँच नम्बर संघीय प्रदेशमा राख्नुपर्ने जिकिर गर्नुभयो । उहाँ राज्यले संघीय प्रदेश नसच्याइएमा स्थानीयतह, संघीय र केन्द्रको चुनाव कुनै हालतमा गर्न नदिने बताउनुभयो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत पुस २७ गते कैलाली कञ्चनपुरका सबै क्षेत्रमा भेलागर्ने, माघ महिनाभरि सांस्कृतिक कार्यक्रममार्फत जनजागरण अभियान सञ्चालन गर्ने, ठाउँ ठाउँमा आन्दोलनका पक्षमा भित्तेलेखन, माघ १५ गते कैलाली कञ्चनपुरसहितको संयुक्तरुपमा धनगढीमा वृहद आमसभा गर्ने, माघ १८ गते प्रत्येक क्षेत्रमा विरोध प्रदर्शन, माघ १९ गते कैलाली कञ्चनपुर जिल्लाका हरेक क्षेत्रमा मसालजुलुस निकाल्ने र माघ २० र २१ गते कैलाली कञ्चनपुर आमहड्तालको घोषणा गरेको छ ।
प्रेस विज्ञप्तीमा कैलाली कञ्चनपुर थरुहट थारुवान संयुक्त संघर्ष समिति संयोजक प्रभातकुमार चौधरी, थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक कृष्णकुमार चौधरी, कञ्चनपुर संयोजक पुष्कल चौधरी र रानाथारु संयुक्त संघर्ष समिति कैलाली सदस्य गोविन्दराज रानाले संयुक्त हस्ताक्षरसहित विज्ञप्ती जारी गर्नुभएको छ ।