काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा थारु सत्गौंवाले आफूले कसैको हस्ताक्षर कृते नगरेको दावी गर्नुभएको छ । ईश्वरी र मुन्नी चौधरी दुवैको सहमति र लामो छलफल पछि कार्यसमितिमा राखेको उहाँको भनाई छ ।
“मान्छेको आफ्नो स्वतन्त्रता हुन्छ, उहाँहरुको ईच्छा साँच्चीकै पार्टीमा बस्ने छैन भने मलाई केही भन्नु छैन, तर म स्वदेश फर्केपछि एक पल्ट फेरि छलफल गरेर वास्तविक कुरा पत्ता लगाउछुँ,” उहाँले भन्नुभयो ।
विधायन समितिको कामको सिलसिलामा अहिले फिलिपिन्समा रहनुभएकी सांसद सत्गौंवाले विहिबार साँझ हमार पहुरा डटसँग भिडियो च्याटमा कुरागर्दै थरुहट तराई पार्टीले प्रेसित गरेको पत्र फर्जी रहेको दावी गर्नुभयो । पत्रमा रहेको हस्ताक्षर ईश्वरी र मुन्नी चौधरीको नरहेको उहाँको भनाई छ । तर आफूलाई त्यसमा कुनै आपत्ति नरहेको सांसद थारुले बताउनुभयो ।
“निर्वाचन आयोगमा दल दर्ता गर्दा नौ सदस्यीय समितिको नाम बुझाएकी छुँ, दुईजनाले हात झिके पनि मलाई केही फरक पर्दैन” उहाँले भन्नुभयो । “मान्छेको आफ्नो स्वतन्त्रता हुन्छ, उहाँहरुको ईच्छा साँच्चीकै पार्टीमा बस्ने छैन भने मलाई केही भन्नु छैन, तर म स्वदेश फर्केपछि एक पल्ट फेरि छलफल गरेर वास्तविक कुरा पत्ता लगाउछुँ,” उहाँले भन्नुभयो ।
“सायद ईश्वरी र मुन्नीलाई दवाव दिएर आफ्नोतिर पार्टीले बनाएको होला, प्रलोभन देखाएको होला” भन्दै विधायन समितिकी सभापति समेत रहनुभएकी सत्गौंवाले भन्नुभयो, “उहाँहरुको सहमतिमै अगाडि बढेकी हुँ, पत्यार लाग्दैन भने उहाँहरुले पठाएको नागरिकता र पत्र ईमेलमा सुरक्षित छ । लामो समयसम्म छलफल गरेरै कदम चालिएको हुँ” उहाँको भनाई छ ।
तर यता ईश्वरी चौधरीले दुईदिन अघि तीनजनाले संयुक्तरुपमा पत्र निर्वाचन आयोगमा हस्ताक्षर गरेर पठाएको स्वीकार गर्नुभयो । तर त्यसमा सोमती चौधरीको नाम उल्लेख कसरी भएन ? उहाँले जिज्ञासा राख्नुभयो ।
तर यता ईश्वरी चौधरीले दुईदिन अघि तीनजनाले संयुक्तरुपमा पत्र निर्वाचन आयोगमा हस्ताक्षर गरेर पठाएको स्वीकार गर्नुभयो । तर त्यसमा सोमती चौधरीको नाम उल्लेख कसरी भएन ? उहाँले जिज्ञासा राख्नुभयो । “सोमती चौधरी कञ्चनपुर आएकाबेला तीनैजनाले संयुक्त हस्ताक्षर गरेर पत्र पठाएका थियौं” चौधरीले भन्नुभयो ।
गंगा थारुले दशैंअघि आफूहरुसँग कागजात मागेको स्वीकार्दै चौधरीले भन्नुभयो, “माननीय ज्यूले पार्टी खोल्छु भनेर कागजात माग्नु भएको होइन, महिलाको कार्यक्रम छ भनेर माग्नुभयो त्यसैले दिएका हौं” उहाँले भन्नुभयो । तर सांसद सत्गौंवाले पार्टी खोल्ने लामो छलफल गरेपछि मात्र कागजात आफूलाई प्राप्त भएको बताउनुभयो ।
दुईजना (ईश्वरी र मुन्नी चौधरी) ले मेरो पार्टी छाड्न चाहनुहुन्छ भने पनि मलाई केही भन्नु छैन तर उहाँहरुसँग एकपल्ट छलफल गरेर मात्र कुरा केही भन्न सकिने सांसद सत्गौंवाले भन्नुभयो । आफू फिलिपिन्सबाट शनिबार मात्र फर्किने उहाँले बताउनुभयो ।
सांसद सत्गौंवाले पुस ५ गते संसद सचिवालयमा नयाँ दल दर्ता गर्नुभएको थियो भने निर्वाचन आयोगमा पुस १० गते मात्र दर्ता गर्नुभएको थियो । नौ सदस्यीय केन्द्रीय समितिमा दुईजनाले छाड्ने भएपछि अब सातजना कायम रहने सत्गौंवाको भनाई छ । त्यसले पार्टीलाई केही फरक नपर्ने उहाँको बुझाई छ ।