थारु निजामति कर्मचारीले गरे माघीमिलन तथा वनभोज कार्यक्रम


राम दहित
धनगढी, पुस २३ गते । कैलाली जिल्लामा कार्र्यरत थारु निजामिति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम तथा वनभोज कार्यक्रम आयोजना भएको छ । कार्यक्रम पर्यटकीयस्थल जाखोर ताल परिसरमा भएको हो ।

थारु निजामिति कर्मचारी माघीमिलन कार्यक्रम तथा वनभोज कार्यक्रमका संयोजक तथा आन्तरिक राजवस्व कार्यालयका नायवसुब्बा जगतराम चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथी कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी रहनुभएको थियो ।

कार्यक्रममा प्रमुखअतिथी चौधरीले माघीमिलनको शुभकामनासहित एक अर्कामा चिनजान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले थारु कर्मचारीहरुमा एकता हुने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले माघीमिलन तथा वनभोज कार्यक्रमले थारु कर्मचारीलाई एकजुुट गर्न सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले माघीमिलन तथा वनभोज कार्यक्रमले थारु कर्मचारीलाई एकजुुट गर्न सहयोग पुगेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला वनका रेन्जर रामऔतार चौधरी माघीमिलन तथा वनभोज कार्यक्रमले थारु समुदायका युवाहरुलाई निजामति कर्मचारी सेवातिर प्रवेशगर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले थारु समुदायका युवाहरुका लागि विभिन्न लोकसेवा कक्षा सञ्चालन गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत थारु निजामति कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मालपोत कार्यलयका धर्मराज चौधरीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया