काठमाडौं, पुस २४ गते । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) मा सुदूरपश्चिमबाट चारजना पत्रकार निर्वाचित भएका छन् । थारु समुदायबाट कैलालीको मसुरियास्थित रेडियो सखीकी ललिता कुश्मी थारु महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा शुक्रबार भएको संघको छैठौं अधिवेशनबाट प्रदेश नं. ७ को अध्यक्षमा दीर्घराज उपाध्याय, सचिवमा कर्ण चन्द र सदस्यमा विष्णु अवस्थि तथा ललिता कुश्मी थारु निर्वाचित हुनुभयो । अधिवेशनले सुवास खतिवडाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रदेश समितिमा ११ जनाको समिति कायम रहने व्यवस्था रहे पनि बाँकी सदस्यको टुंगो यसपछि लगाइने बताइएको छ । निर्वाचित सबैमा हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना हमार पहुरा डट कमले व्यक्त गरेको छ ।