सन्तकुमार चौधरी
नवलपरासी (देवचुली पौष २४ गते । थरुहट तराईपार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहितले सद्भाव कायम गर्ने पर्वको रुपमा माघी पर्व मनाउने गरिएको बताउनुभएको छ । नवलपरासीको केयुरेनीमा शनिवार आयोजना गरिएको माघी विशेष साँस्कृतिक कार्यक्रमलाई संवोधन गर्दै दहितले यस्तो बताउनुभयो ।
माघ १ गतेका दिन थारु समुदायले मुक्ति प्राप्त गरेको दिनको रुपमा खुशीयाली मनाउने गरेको समेत बताउनुभयो । माघ १ गतेका दिन नयाँ योजना बनाएर अगाडी बढ्ने गरेकाकारण यो दिनलाई थारु समुदायले नयाँवर्षको रुपमा समेत मनाउने गरेका छन् । सांसद दहितले यो वर्षको माघीमा थारु एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।
सडक र सदनवाट गरिएको संघर्षले पनि आफुहरुको आवाज सुनुवाई नभए समानान्तर सरकार गठन गरेर अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद दहितले माघीपर्व नाचगान गरेर रमाइलो गर्ने दिन मात्रै नभई समुदायमा एकता र सद्भाव बाड्ने पर्वकोरुपमा मनाउने गरिएको जानकारी दिनुभयो । २०५९ सालमा उहाँ राज्यमन्त्री रहेका बेला माघी पर्वलाई राष्ट्रिय पर्वकोरुपमा विदा दिने निर्णय गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
कार्यक्रममा संघीय समाजवादी फोरमका नेता आड्डकाजी शेर्पाले सर्वस्वीकार्य संविधान नभए स्वायत्तताका लागि समानान्तर सरकार गठन गरेर सत्तापक्षलाई चुनौती दिनुपर्ने बताउनुभयो । संविधान संशोधनको विषयमा बोल्दै नेता शेर्पाले सर्वस्वीकार्य हुनेगरि संविधान संशोधनको विकल्प नभएको समेत जिकिर गर्नुभयो ।
संविधान संशोधनका लागि सडकवाट संघर्ष गर्न आफुहरु तयार रहेको उहाँको भनाई थियो । सडक र सदनवाट गरिएको संघर्षले पनि आफुहरुको आवाज सुनुवाई नभए समानान्तर सरकार गठन गरेर अगाडी बढ्ने बताउनुभयो । नेपालका आदिवासी जनजाति समुदाय हातमा दहि जमाएर बस्न नसक्ने भन्दै उहाँले मुक्तिकालािग आफ्नो अठोट लिनुपर्नेमा जोड दिनुभयो ।
थारु उत्थान मजदुर संगठन देवचुलिको आयोजनामा आयोजित सांस्कृतिक कार्यक्रममा थारु समुदायको सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमका संयोजक एवम थारु उत्थान मजदुर संघठनका अध्यक्ष इन्द्रबहादुर महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थारु समुदायको परम्परागत भेषभूषा, रहन सहन र खानपिनको प्रर्दशन समेत गरिएको थियो । कार्यक्रममा चितवन देखि कैलालि सम्मका थारुहरुको सहभागिता रहेको थियो ।