बाँकेमा थारु पत्रकार संघको पुस २७ गते माघीमिलन कार्यक्रम हुने


भगतराम थारु
थारु पत्रकार संघ नेपाल बा“के शाखाले पुस २७ गते माघीमिलन २०७३ कार्यक्रमको आयोजना गर्नेभएको छ । थारु समुदायको नया“बर्ष माघीपर्वको अवसरमा संघ बा“केले माघीमिलन कार्यक्रम गर्ने निर्णय गरेको हो ।

थारु पत्रकार संघ जिल्ला कार्यसमिति बा“केको सोमबार बसेको नियमित बैठकमा माघी मिलन तथा १ महिने आधारभुत पत्रकारिता तालिमको समापन गर्ने निर्णय गरेको छ । थारु समुदायको विशेष चाडकोरुपमा रहेको माघी पर्वलाई लक्षित गरी संघले हरेक बर्ष माघीमिलन कार्यक्रमको आयोजना गर्दैआएको संघका अध्यक्ष विमला चौधरीले बताउनुभयो ।

बैठकले २७ गतेका दिन विशेष तरिकाले माघीमिलन गरी अतिथि तथा पाहुनाहरुलाई स्वागत गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । माघी मिलनकै दिन थारु समुदायको भेषभुषा झल्कीने पहिरन तथा थारु परिकार जस्तै, घोघी, ढिक्री, चट्नी, सिध्रा अचारलगायत अन्य थारु परिकारको स्वाद अतिथि पाहुनाहरुलाई चखाउने संघका सचिव भगतराम थारुले बताउनुभयो ।

सचिव थारुले विशेषचाड भएकाले माघीमिलनलाई भव्य तरिकाले मनाउने जानकारी गराउनुभयो । यस्तै, संघ नेपाल बा“के शाखाले आयोजना गरेको एक महिने निशुल्क आधारभुत पत्रकारिता तालिमको समापन समेत गर्ने आयोजकले निर्णय गरेको छ । एक महिना निशुल्क पत्रकारिता तालिममा विशेषगरी थारु समुदायको पत्रकारितामा क्षमता अभिबृद्धि तथा उनिहरुको लेखनशैलीमा समेत बृद्धिगर्ने लक्ष्यगरी संघले तालिमको आयोजना गरेको हो ।

तालिममा थारु समुदायका २५ जना युवायुवतिहरुको सहभागिता रहेको थियो । तालिममा बा“केका अग्रज पत्रकारहरुले प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, महासंघ बा“के शाखाका अध्यक्ष रुद्र सुवेदी, थारु पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारी, शिव डोटेल, ठाकुरसिह थारु, गोपी बुढा, कृष्ण अधिकारी, डिल्ली विसी, भेषराज बस्नेत, अक्षरी पोखरेल, कृष्ण आचार्य, कृष्ण चौधरी, बिशाल रानामगर, दुर्गा रोकाय, निरज गौतम, कमल डा“गी, प्रेम विश्वकर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया