अविनाश चौधरी
धनगढी, माघ ६ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपालमा हुलाकी सडक तराई–मधेस क्षेत्रको आर्थिक मेरुदण्ड रहेको बताउनु भएको छ ।
कैलालीको धनगढीस्थित क्याम्पसरोडमा बिहीवार हुलाकी सडकको उद्घाटन गर्र्दै मन्त्री लेखकले विकासको पूर्वाधारमा सबैभन्दा महत्वपूर्ण पूर्वाधार सडक रहेको चर्चा गर्नुभयो । हुलाकी राजमार्गले तराई–मधेसको आर्थिक विकासमा टेवा पुग्ने विश्वास उहाँको छ ।
उहाँले कैलालीमा सबैभन्दा पहिले हुलाकी सडक निर्माण भएको र यसको उद्घाटन पनि हुनुले मुलुकको अरु खण्डमा हुलाकीसडक निर्माणका लागि प्रेरणा पनि मिलेको बताउनुभयो । हुलाकी सडक निर्माणमा भारत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गर्दै उहाँले थप्नुभयो–‘यसका लागि म मेरो व्यक्तिगत तथा नेपाली जनताकोतर्फबाट भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
मन्त्री लेखकले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म हुलाकी सडक निर्माणको कार्य अगाडि बढेको बताउनुभयो । लामो समयदेखि अवरुद्ध रहेका खण्डपनि विभिन्न ठाउँमा बन्नेक्रममा रहेको उल्लेख उहाँले गर्नुभयो ।
धनगढी–भजनी–सत्ती खण्डको ६२ किलोमिटर र लम्की–टीकापुर–खक्रौला खण्डमा २७.२ किलोमिटर गरी ८९.२ हुलाकी सडक तयार भएको छ । भारत सरकारको एक अर्ब २६ करोड रुपिया आर्थिक सहयोगमा पहिलोचरणको काम भएको हो ।
‘१५ वटा जिल्लामा पहिलोचरणमा झण्डै साढे सातसय किलोमिटर सडक बन्नेक्रममा रहेको छ’, लेखकले थप्नुभयो–‘८० प्रतिशत जति ठेक्का भइसकेको छ ।’ मन्त्री लेकखले झापादेखि कञ्चनपुरसम्मको सडकको डीपीआर अन्तिमचरणमा पुगेको र त्यसमा पनि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्नुभयो ।
कैलालीमा हुलाकीसडक निर्माणको कार्य पूर्णरुपमा सम्पन्न नभए पनि अधुरो सडक उद्घाटन गरिएको छ । धनगढी–भजनी–सत्ती खण्डको ६२ किलोमिटर र लम्की–टीकापुर–खक्रौला खण्डमा २७.२ किलोमिटर गरी ८९.२ हुलाकी सडक तयार भएको छ । भारत सरकारको एक अर्ब २६ करोड रुपिया आर्थिक सहयोगमा पहिलोचरणको काम भएको हो ।
पवेरादेखि भजनीसम्म बसन्ता करीडोर अन्तर्गतको १८ किलोमिटर खण्डमा भने अझै सडक बनाउन बाँकी छ । सो खण्डमा सडक बनाउन टेण्डर भइसकेको छ । त्यस्तै, हुलाकी सडकमा पर्ने छवटा पुल निर्माण हुन बाँकी छ । सो सडक अन्तर्गतको पुल तथा कल्भर्ट निर्माण कार्य भने नेपाल सरकारको खर्चमा भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिनुभयो ।
हुलाकी सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी जीआर गावरले ठेक्का पाएको थियो । तीन वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्नेगरी सन २०१० मा ठेक्का पाएको जीआर गावरले निर्धारित समयावधी २०१३ मा काम सम्पन्न गर्न सकेन ।
कैलालीमा पहिलोचरण अन्तर्गत हुलाकी सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी जीआर गावरले ठेक्का पाएको थियो । तीन वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्नेगरी सन २०१० मा ठेक्का पाएको जीआर गावरले निर्धारित समयावधी २०१३ मा काम सम्पन्न गर्न सकेन ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले हुलाकी राजमार्ग धेरै महत्वपूर्ण परियोजना रहेको उल्लेख गर्दै यसले नेपालको विकासमा सहयोग पु¥याउने विश्वास गर्नुभयो ।
उहाँले अन्य ठाउँमा पनि हुलाकीसडक निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको उल्लेख गर्दै भन्नुभयो–‘सम्बन्धित क्षेत्रका स्थानीयकालागि हुलाकी राजमार्ग अत्यन्त उपयोगी हुनेछ ।’
राजदूत रेले सार्क राष्ट्रका कुनैपनि मुलुकले एक्लैले विकास गर्न नसक्ने भएकाले काँधमा्काँध मिलाएर विकासका गतिविधि अगाडि बढाउनु पर्नेमा भारत सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘सबैको साथ, सबैको विकास’ नाराकासाथ अगाडि बढेको उल्लेख गर्नुभयो ।
यसैबीच, हुलाकी सडक उद्घाटन समारोहमा पुग्नुभएका मन्त्री लेखक र नेपालका लागि भारतीय राजदूत रेलाई प्रमुख प्रतिपक्षीदल नेकपा एमालेसहित विपक्षी राजनीतिक पार्टीका कार्यकर्ताले क्याम्पसरोडमा कालोझण्डा देखाएका छन् ।
कार्यक्रममा पुगेका विपक्षी पार्टीका कार्यकर्ताले सस्तो लोकप्रियताका लागि अधुरै हुलाकी सडकको उद्घाटन गरेको तथा भारतीय राष्ट्रियगान बजाएको भन्दै कुर्सी समेत तोडफोडको प्रयास गरेका थिए । स्थितिलाई साम्य पार्न प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको थियो ।