थारु समुदायको पहिचान खोसिदैनः परराष्ट्रमन्त्री डा. महत


दाङ, माघ १२ गते । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधानप्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताउनुभएको छ । दाङको चखौरामा मंगलबारदेखि सुरुभएको दुईदिने थारु महोत्सवमा बुधबार यहाँ बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने आश्वासन दिनुभयो। आँफूहरुका माग पूरा हुँदैनन् कि भनेर संविधानप्रति शंका नगर्न थारु समुदायलाई उहाँले आश्वस्त पार्ने प्रयास गर्नुभयो ।

‘माग पूरा हुँदैनन् कि भनेर तपाइँहरुले कत्तिपनि शंका नगर्नुस्,’ उहाँले भन्नुभयो थारु लगायत हरेकका असन्तुष्टिलाई संविधानले सम्वोधन गर्ने छ।’

पश्चिम नेपालमा रहेका बहुसंख्यक थारु समुदायको संस्कृति, कला, भाषा संरक्षण तथा सबै प्रकारका अधिकार दिन वर्तमान सरकार लागिपरेको उहाँले बताउनुभयो। ‘थारुले संविधानप्रति शंका गर्ने कुनै ठाउँ रहने छैन,’ उहाँले भन्नुभयो, ‘यसप्रति वर्तमान सरकार र नेपाली कांग्रेस प्रतिवद्ध भएर लागेको अवस्था हो।’

‘थारुले संविधानप्रति शंका गर्ने कुनै ठाउँ रहने छैन,’ उहाँले भन्नुभयो, ‘यसप्रति वर्तमान सरकार र नेपाली कांग्रेस प्रतिवद्ध भएर लागेको अवस्था हो।’

उहाँले थारु समूदायको अधिकार संरक्षणका निम्ति पार्टी सभापति शेरबहादुर देउवा सबैभन्दा बढी चिन्तित रहेको भन्दै कमांग्रेसले थारुहरुको पहिचान गुम्न नदिने बताउनुभयो।

यस्तै उहाँले सस्तो राष्ट्रबादको नारा लगाएर मुलुकमा अनावश्यक तनाव सृजना गरिएको बताउनुभयो । संविधान संशोधन नै हरेक असन्तुष्टको अधिकार प्राप्तिको एकमात्रै बिकल्प रहेको भन्दै उहाँले भन्नुभयो, यहाँ यही प्रकृयाको बिरोध गरेर, सस्तो राष्ट्रियताको नारा घन्काउँदै तनाव सृजना गर्ने काम गरिएको छ।’ यसलाई क्षणिक स्वार्थको मनसायले गरिएको राजनीति भन्दै राजनीतिले दिर्घकालीन योजना बुन्न सक्नु पर्ने बताउनुभयो।

‘क्षणिक स्वार्थका लागि गरिएको राजनीतिलाई मुलुकले लामो समयसम्म पचाउन सक्दैन,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले दीर्घकालीन योजना बनाएको छ, कांग्रेसको यो मिशनमा सबै पार्टीहरुको हातेमालो हुनु जरुरी छ।’ स्थानीय निकाय निर्वाचन चाँडै हुने भन्दै यसमा सबै सहभागी हुनेपनि मन्त्री महतले बताउनुभयो।

सबैलाई निर्वाचनमा सहभागी गराउने प्रयत्न सरकारले गरिरहेको र निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बन्ने उहाँले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया