दानुफाँटास्थित मुक्त कमैया शिविरमा २५ हजारको कम्बल वितरण


कैलाली, माघ १३ गते । हाल यु.ए.ई.मा रहेका एम.आर.आर.का सदस्यहरुबाट संकलित २५ हजार रुपियाँ बरावरको कम्बल कैलालीको कोटातुलसीपुरस्थित दानुफाँटा मुक्त कमैया शिविरणमा वितरण गरिएको छ ।

गाउँ पुग्न एउटै खोलालाई पाँच पटक पार गर्नुपर्ने अवस्था रहेको सो संस्थाले बताएको छ । जसका कारण बालबालिकाहरु स्थानीय विद्यालय जानबाट पनि वर्षायाममा बञ्चित हुने गर्छन् ।

सो संस्थाले मुक्त कमैया शिविरमै गएर सो रकम बरावारको कम्बल वितरण गरिएको बताएको छ । सो शिविरमा रहेका ३२ घर परिवार मुक्त कमैयालाई एक एक थान कम्बल वितरण गरिएको सो संस्थाका सदस्य कृष्ण ढकालले बताउनुभयो ।

महेन्द्र राजमार्गबाट करिब १० किलोमिटर टाढा रहेको सो शिविरमा हालसम्म विजुली र सडक पुगेको छैन । सो गाउँ पुग्न एउटै खोलालाई पाँच पटक पार गर्नुपर्ने अवस्था रहेको सो संस्थाले बताएको छ । जसका कारण बालबालिकाहरु स्थानीय विद्यालय जानबाट पनि वर्षायाममा बञ्चित हुने गर्छन् ।

सो संस्थाका प्रतिनिधि रुपक जोशी र मनोरम जोशीकाअनुसार संस्थाका प्रवन्धक विक्रम केसी, संस्थाका प्रतिनिधि नेत्र राना, सुबोध बुढाथोकी, ईस्लाम अन्सारी, सन्तोषकुमार थापा लगायतको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया