थरुहट संघर्ष समितिको बन्द र आमसभाको कार्यक्रम स्थगित


कैलाली, माघ १३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले माघ १५ गते शनिबार कैलालीको धनगढीमा गर्ने भनिएको आमसभा तथा २० र २१ गते पूर्वघोषित कैलाली कञ्चनपुरबन्दको कार्यक्रमलाई स्थगित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको मौखिक आग्रहमा कार्यक्रम स्थगित गरिएको संघर्ष समिति कैलालीले जानकारी गराएको छ । माघ २० र २१ गते भू.पू. सैनिकहरुको राष्ट्रिय सम्मेलन धनगढीमा हुने भन्दै प्रमुख जिल्ला अधिकारीले संघर्ष समितिको कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको संघर्ष समिति कैलाली–कञ्चनपुरका संयोजक प्रभातकुमार चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रम स्थगित गर्न थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारुले समेत विशेष आग्रह गर्नुभएको संघर्ष समिति कैलालीका इन्चार्ज कृष्णकुमार चौधरीले बताउनुभयो ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

तपाईको प्रतिक्रिया