दुई थारुदलसहित फेरि ३१ दल निर्वाचन आयोगको कारवाहीमा


काठमाडौं, माघ १७ गते । निर्वाचन आयोगमा वार्षिक लेखा परीक्षण (आयव्यय) नबुझाउने र ढिलोगरी बुझाउने राजनीतिक दलमध्ये ३१ दल पुनः जरिवानामा परेका छन् । त्यसमध्ये दुईवटा दल थारु नेताको नेतृत्वका छन् ।

निर्वाचन आयोगमा एकसय एघार दल दर्ता रहे पनि वार्षिक आय व्यय भने निकै कम दलले समयमा बुझाउने गरेको आयोगको भनाई छ । आयोगले दिएको जानकारीअनुसार रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहटं) र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी जरिवानामा परेका छन् ।

संविधानको धारा २६९ अनुसार जरिवाना नबुझाउने पार्टी कारवाहीमा परेका हुन् । कारवाहीमा पर्ने अन्य दलहरुमा नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), दलित जनजाति पार्टी नेपाल, नेपाली जनता दल छन् ।

त्यस्तै, जनएकता पार्टी, चुरेभावर पार्टी, गान्धीवादी पार्टी नेपाल, मधेस बहुजन समाजवादी पार्टी, नेपाली ग्रिन्स पार्टी, आधुनिक नेपाल पार्टी, जनएकता पार्टी, मातृभूमि नेपाल पार्टी, नेपाल नागरिक पार्टी, शान्ति पार्टी नेपाल, दलित जनजाति पार्टी, नेपाल सुकुम्बासी पार्टी, नेपाल न्यायिक दल, जनता दल नेपाल आदि छन् ।

आयोगले दिएको जानकारीअनुसार रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहटं) र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी जरिवानामा परेका छन् ।

तर रुक्मिणी चौधरीले आयव्यय बुझाई सक्दा पनि आयोगको लापरवाहीले कारवाही सूचमा नाम प्रकाशन भएको बताउनुभयो । पार्टीको आयव्यय समयमा नै बुझाएको उहाँको दावी छ । त्यस्तै, नेता राजकुमार लेखीले पनि आयव्ययको सबै विवरण आयोगमा बुझाई सकिएको जानकारी दिनुभयो । आयोगले दिएको समयसीमा भित्रै प्रतिवेदन बुझाएका हौं लेखीले भन्नुभयो ।

कारवाहीमा परेका दलले एकसय रुपिया जरिवाना तिर्नु पर्नेछ । नियमित तीन वर्षसम्म आयव्यय नबुझाउने दललाई खारेज गर्न सक्ने अधिकार आयोगलाई छ । यसअघि भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल पनि आयोगको कारवाहीमा परेको थियो ।

तपाईको प्रतिक्रिया