वर्दियाका राजवंशी थारुले गरे भव्य गोतियार मिलन कार्यक्रम


भगतराम थारु
वर्दिया, माघ २३ गते । बर्दिया सोरहवा गाविस वार्ड नं.–३ बुटहा गाउँमा लखनहान घरको गोतियार मिलन कार्यक्रम सम्पन्न भएको छ । गोतियारबीचको सम्बन्ध सुधार गर्ने उद्देश्यले मिलन कार्यक्रम गरिएको आयोजकको भनाई छ ।

गोतियार मिलन कार्यक्रममा उनीहरुको गोतियार बर्दियाको बाँसगढी नगरपालिका वार्ड नं. १० बड्कादेउढा, वर्ड नं. ५ लक्ष्मणपुर, सोरहवा वर्ड नं. ९ सोरहवा र बाँके टिटिहिरिया वर्ड नं.– ८ झिगौरा गाँउका गोतियारहरु सामेल भएका थिए ।

गोतियार समितिका सदस्य फागुना थारुले उक्त कार्यक्रम २०६७ सालदेखि निरन्तररुपमा कार्यक्रम गर्दै आएको बताउनुभयो । गोतियार समितिका अध्यक्ष रामप्रसाद थारुले प्रत्येक वर्ष माघ महिना भित्र पालैपालो फरक फरक गाउँमा गोतियार मिलन कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

उनीहरुले आफ्ना सदस्यहरुवीच अन्ना र पैंसा मिलाएर कार्यक्रम गर्ने गर्दछन् । पश्चिम नेपालको तराई प्रदेशको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लमा थारु समुदायको बहुल्यता भएको जिल्ला हो ।

गोतियारहरु बीचमा चिनजान, मेलमिलप आपसी सद्भाव बढाउनको लागि गोतियार मिलन कार्यक्रम गरेको अध्यक्ष थारुले बताउनुभयो । गोतियारका जानकार रोगाही थारुकाअनुसार उनिहरु राजवंशी थर भएको थारु जाति हुन् ।

यहाँका थारुहरुको भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, परम्परा र खानपिन मिल्दछ । त्यसकारण यिनिहरु एक आपसमा मिलेर बसिरहेका छन् । यिनिहरु यहाँका आदीबासी पनि हुन् । जसले गर्दा यिनिहरु बसाई सरेर तराईका विभिन्न जिल्लामा रहेका छन् । यस्तो अवस्था छ कि यिनिहरुले अफ्ना एक ठाँउबाट अर्को ठाँउमा बसाई सरेर गएका पुराना गोतियारलाई चिन्न छोडिसकेका छन् ।

जसले गर्दा आपसी मेलमिलपको अभावले गर्दा यिनिहरु गोतियार गोतियर एक आपसमा विवाह गर्ने अवस्था समेत आईसकेको अवस्थामा गोतियार मिलन गर्न अतिआवश्यक रहेको उनिहरु बताउछन् ।

हिन्दु धर्म अनुसार गोतियार गोतियार वीचमा विवाह गर्न नहुने मान्यता रहेको छ । त्यसकारण अफ्ना गोतियारहरु बीचमा चिनजान, मेलमिलप आपसी सद्भाव बढाउनको लागि गोतियार मिलन कार्यक्रम गरेको अध्यक्ष थारुले बताउनुभयो । गोतियारका जानकार रोगाही थारुकाअनुसार उनिहरु राजवंशी थर भएको थारु जाति हुन् ।

यस कार्यक्रमको उद्देश्य गोतियार गोतियार वीचमा विवाह नहुनु, अपसी मेलमिलाप, चिनाजानी पहिचान, संस्कृति संरक्षण, अन्धाविश्वास तथा गलत कुरीति हटाउनु, अधुनिकताअनुसार समाज परिवर्तन गर्नु रहेको रोगाहीले बताउनुभयो । उहाँले भन्नुभयो यो एकताको सन्देश पनि हो । यस्ता कार्यक्रम थारु समुदायमा गर्र्न जरुरी छ ।’

तपाईको प्रतिक्रिया