दुष्यन्त चौधरी
बारा, माघ २६ गते । बाराको कलैयामा हुन लागेको तीन दिने मत्स्य महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ । विहिबार महोत्सवको उदघाटन कृषिमन्त्री गौरीशंकर चौधरीले गर्ने भएका छन् ।
मत्स्य ब्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहकाअनुसार नेपाली माछाको उत्पादकत्वमा बृद्धि गर्न महोत्सव आयोजना गर्न लागिएको छ । बार्षिक करिब ३ अर्वको आयतित माछालाई विस्थापित गर्दै माछामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्दश्यकासाथ महोत्सव गर्न लागेको बताइएको छ ।
नेपाल मत्स्य ब्यवसायी संघ बाराको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा ४० वटा स्टलहरु राखिने महोत्सव तयारी समितीका संयोजक बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
आठवटा प्रजातिका माछाहरु रोहु, कमन, ग्रास, सिल्भर, बिग्रेट, इजराईल, कतले र टिलपियाको चारबटा प्रकार बनाउने संघका सचिव रबिन्द्र चोधरीले बताउनुभयो । झोलवाल, फ्राई, ठाउको सुप र ममजस्ता परिकार पनि महोत्सवमा बन्ने छन् ।
आठवटा प्रजातिका माछाहरु रोहु, कमन, ग्रास, सिल्भर, बिग्रेट, इजराईल, कतले र टिलपियाको चारबटा प्रकार बनाउने संघका सचिव रबिन्द्र चोधरीले बताउनुभयो ।
महोत्सव उदघाटनको पुर्वसन्धयामा शोभायात्रा निकाल्ने कार्यक्रम रहेको छ । माछा मार्ने पुरातन परम्पराको औजारहरु प्रदर्शनीमा राख्नुको साथै मनोञ्जनको ब्यवस्था समेत गरिएको आयोजकले बताएको छ ।
करिब २२ लाखको लागतमा हुने सो महोत्सवमा प्रत्येक दिन १५ लाख बराबरको कारोवार हुने आयोजकको लक्ष्य रहेको नेपाल मत्स्य ब्यवसायी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मधुसुधन अधिकारले जानकारी दिनुभयो ।
सरसफाई खानेपानीको ब्यवस्था समेतको प्रवन्ध मिलाई सकेको तयारी समितीका संयोजक चौधरीले बताउनुभयो । संघका केन्द्रिय सदस्य शिवहरि अचार्य, जिल्ला सहसचिव संजय चौधरी, सदस्यहरु बलराम अधिकारी, राजेश्वर थापा, हरिशरण कार्की र समसाद मिया मंसुरीले तयारी समितीमा रहेका छन् ।
आर्थिक तथा तयारी समितीको संयोजकमा बिरेन्द्र चौधरी, प्रचारप्रसार समितीको संन्योजकमा रबिन्द्र चौधरी, अवास तथा खानपिन समितीको संयोजकमा राजेश्वर थापा, अतिथी सत्कारको संयोजकमा परमानन्द सहनी र सांस्कृतिक व्यवस्थापन समितीको संयोजकमा संजय चौधरी रहेका छन् ।
माछा महोत्सवले माछा ब्यापारीलाई टेवा पुग्ने आयोजकको विश्वास लिएको छ । महोत्सवको करिब १० हजारले अवलोकन गर्ने आशा गरिएको छ ।