वरिष्ठ कवियत्री तथा लेखिका शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश


लक्की चौधरी
काठमाडौं, माघ २९ गते । वरिष्ठ कवियत्री शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले सही सिद्धान्त र सुझबुझ पार्टी भएकाले आफू एमालेमा लागेको उहाँले बताउनुभयो ।

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा पार्टी महासचिव ईश्वर पोखरेलले कवियत्री चौधरीलाई खादा तथा टीका लगाएर पार्टीमा प्रवेश गराउनुभयो । “म जन्मजात कम्युनिष्ट हुँ, पहिलो भोट सूर्यमै हालेकी हुँ अहिले पार्टीमा आधिकारीकरुपमा समाहित भएकी छुँ” चौधरीले भन्नुभयो ।

वारा जिल्लामा घरभएकी कवियत्री चौधरी अहिले काठमाडौंमा बसेर साहित्य सृजना तथा समाजसेवा गर्दैआउनुभएको छ । ६१ वर्षिया चौधरी बाँकी समय अव एमालेकै सिद्धान्त र अभियानमा मुलुकको विकास अभियानमा समाहित हुने प्रतिवद्धता जनाउनुभयो ।

एमालेको देशप्रेम, राष्ट्रियता, विकास र सार्वभौमिकताजस्ता अडान र अभियानबाट आफू प्रभावित भएको भन्दै लेखिका चौधरीले एमालेको नेतृत्वलेमात्र मुलुकको सही विकास सम्भव रहेको तर्क गर्नुभयो । लेखिका चौधरीले करिब ६५ वटा विभिन्न विधाका पुस्तक प्रकाशन गर्नुभएको छ ।

लेखिका चौधरीसँगै संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य दीलिपकुमार साह, जोगेन्द्रप्रसाद यादव, जीतेन्द्र तिवारी, देवेन्द्र पौडेल लगायतले पार्टी प्रवेश गर्नुभयो ।

सो अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी सबैलाई हार्दिक बधाई दिंदै एमालेको अभियानमा समाहित हुन आग्रह गर्नुभयो । नवप्रवेशिका सबैलाई नयाँ जिम्मेवारी प्रदान गरेर मुलुक निर्माणको अभियानमा अगाडि बढाउने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया