दुष्यन्त चौधरी
बारा, माघ २९ गते । प्रथम ऐतिहासिक बारा मत्स्य तथा कृषि महोत्सव २०७३ सालको अन्तिम दिनसम्म ३६ लाखको कारोवार भएको आयोजकले जनाएको छ । नेपाल मत्स्य ब्यवसायी संघको आयोजनामा भएको तीनदिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो ।
माछा मार्ने बिभिन्न प्रविधीका समानहरु, अक्सिन मेसिन, भेक्टर मेसिन, कृषिका बिभिन्न प्रकार जाल, औषधीहरु, समाग्र्री, माछाका दाना, उत्पादनमा बृद्धि गर्ने समानहरु, तरकारी फलफुल, मनोरंजन गरी ३६ लाखको कारोवार भएको संघका जिल्ला अध्यक्ष जंगबहादुर चौधरीले बताउनु भयो ।
करिब ९ लाख रुपैयाको लागतमा सम्पन सो महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गरेको महोत्सव तयारी समितिका संयोजक बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
तरकारी फलफुल, मनोरंजन गरी ३६ लाखको कारोवार भएको संघका जिल्ला अध्यक्ष जंगबहादुर चौधरीले बताउनु भयो ।
संघका अधयक्ष जंगबहादुर साहको अध्यक्षतामा सम्पन सो समापन कार्यक्रमको प्रमुख अतिथी मत्स्य निर्देशनाय बलाजु काठमान्डौका प्रमुख बैकुन्ठ श्रीवास्तवले गर्नु भएको थियो । महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले पहिलो फेजमा तराई मधेसको जिल्लाहरुमा सुपरजोन कायम गरी माछाको उत्पादनमा बृद्धि गरिनुको साथै पाछापालनमा समेत किसानलाई उत्साही गर्ने कामहरु भएको जानकारी दिनुभयो ।
सोही अवसरमा बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, न्युज २४ का मध्यामाञ्चल ब्यूरोप्रमुख रमेश सुवेदी, कान्तिपुर टेलिभिजनका पउेन्द्र ठाकुर, संस्कार खबर पत्रिकाका सम्पादक राजेश कुसवाहा, साझेदारीका कार्यकारी सम्पादक सन्तोष पान्डे, महिला पत्रकार संञ्जालकी अध्यक्ष सृजा थापा, कृपा दैनिकका सम्वाददाता दुष्यन्त चौधरी, बिस्वास एफएम, संस्कार एफएम, सिमरा एफएम, समर्पण एफएम, सिमरालाई कदरपत्र प्रदान गरेको थियो।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मधुसुधन अधिकारी, केन्द्रिय सदस्य अशोक सहनी, लगायतले सम्बोधन गर्नुभएको थियो । माघ २७ गते देखि शुरु भएको सो महोत्सवको उदघाटन कृषिमन्त्री गौरीशंकर चौधरीले गर्नुभएको थियो ।