बर्याताक्रम मिच्दै प्रहरी प्रमुखमा डिआइजी जयबहादुर चन्द नियुक्त


काठमाडौं, फागुन १ गते । नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा जयबहादुर चन्द नियुक्त हुनुभएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीकाअनुसार चन्द प्रमुखमा नियुक्त हुनुभयो । वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्यालपछि तेस्रो नम्बरमा हुनुहुन्थ्यो। चन्दले हाल लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहनुभएको थियो । उहाँ १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा काम गर्नुहुनेछ ।

वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्यालपछि तेस्रो नम्बरमा हुनुहुन्थ्यो। चन्दले हाल लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहनुभएको थियो ।

चन्द विसं २०४४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । अनुसन्धानमा दख्खल चन्दलाई प्रमुखमा नियुक्त गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले दवाव दिंदै आउनुभएको थियो । गृहमन्त्री बिमलेन्द्र निधिले काग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई आइजिपीका लागि सिफारिस गर्नुभएको थियो ।

निधि आफू चाहिं सिलवालको पक्षमा हुनुहुन्थ्यो । त्यस्तै मन्त्रिपरिषदले सशस्त्र प्रहरी बलको प्रमुखमा डिआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया