इन्भेष्टमेन्ट बैंककै कर्मचारीले चोरेको पौने २३ लाख रुपियाँ फेलापर्यो


धनगढी, फागुन २ गते । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा फेला परेको छ । रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएपछि बैंकभित्र खैलाबैला मच्चिएको थियो । पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरेका छन् । उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएको बताएका छन् । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले सोबार नै रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिनुभयो । बाँकी रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया