गंगा थारुको पार्टी नयाँ शक्ति पार्टीमा समाहित, थारुको मुद्दा नछाड्ने


काठमाडौं, फागुन २ गते । हालै थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी खोल्नुभएकी सांसद गंगा थारु सत्गौंवाले अन्ततः डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा समाहित हुनुभएको छ ।

बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा सोमबार भएको दुई पक्षीय छलफलपछि गंगा थारुले आफ्नो पार्टीलाई सो दलमा समाहित गराउनुभएको हो । अब दुई पार्टी एक भएर सो पार्टीको नाम नयाँ शक्ति नेपाल भएको छ ।

पार्टी एकतासँगै अब नयाँ शक्तिको संसदमा प्रतिनिधित्व हुने भएको छ। थारु व्यवस्थापिका संसदको बिधायन समितिकी सभापति समेत हुनुहुन्छ । भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबाट केही समयअघि मात्र सत्गौंवा अलग हुनुभएको थियो ।

पार्टी एकतासँगै अब नयाँ शक्ति सत्तापक्ष बनेको छ। अहिलेको परिस्थितिमा आफूहरु सत्तापक्ष नै रहने भएपनि पछिको परिस्थितिअनुसार सत्ता पक्ष हुने नहुने निर्णय गर्ने नयाँ पार्टीका प्रवक्ता खिमलाल देबकोटाले बताउनुभयो ।

म जहाँ रहे पनि थारुको मुद्दा नै मेरो मूल मुद्दा हुनेछ । नयाँ शक्तिले थारुको सबै मुद्दालाई आफ्नो पार्टीको मूल मुद्दा बनाउन तयार भएपछि पार्टी एकीकरण गरेकी हुँ ।

नयाँ शक्तिले थारु समुदायका एजेण्डालाई समर्थन गर्ने प्रतिबद्धता जनाएकोले पार्टी एकता गरेको गंगा थारुले बताउनुभयो । उहाँ सो पार्टीको संसदीयदलको नेता समेत बन्नु भएको छ । डा. भट्टराई सांसदबाट राजिनामा दिई स्वीकृत भइसकेको छ ।

पार्टी एकीकरणपछि हमार पहुरा डट कमसँग कुरा गर्दै गंगा थारुले भन्नुभयो, म जहाँ रहे पनि थारुको मुद्दा नै मेरो मूल मुद्दा हुनेछ । नयाँ शक्तिले थारुको सबै मुद्दालाई आफ्नो पार्टीको मूल मुद्दा बनाउन तयार भएपछि पार्टी एकीकरण गरेकी हुँ ।

प्रमुख दलका नेताहरु अवको निर्वाचनमा समानुपातिक र प्रत्यक्ष दुवैमा थ्रेसहोल्ड लगाउने तयारी गरेपछि साना पार्टीहरुबीच एकताको विकल्प नदेखेर आफूले पार्टी एकीकरण गर्न बाध्य भएको सत्गौंवाले बताउनुभयो । अन्य पार्टी समेत केही दिनमा नयाँ शक्तिमा आउने उहाँले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया